बिक्रमको ‘मान्नै मान्दिनन् मोरी’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, ८ श्रावण शुक्रबार
no img
Bikram

Bikram Rai, Singer

काठमाडौं । गायक बिक्रम राई आफ्नो गीतको पहिलो म्युजिक भिडियो सार्वजनिक गरेका छन् । प्रथम नेपाल आइडलसमेत रहेको राईले ‘मान्नै मान्दिनन् मोरी’ बोलको गीतसँगै भिडियो सार्वजनिक गरेका हुन् । एल्बम सार्वजनिक गर्नुअघि उनले म्युजिक भिडियो ल्याएका हुन् । उनले एल्बमको नाम ‘आइडल भ्वाइस’ जुराएका छन्, जुन दशैं अगाडि नै सार्वजनिक गर्ने गायक राईले बताए ।
सार्वजनिक गरिएको गीतमा संगीत अर्जुन पोखरेल र शब्द अमृत रेग्मीको रहेको छ । डान्सिङ फ्लेभरको उक्त म्युजिक भिडियोमा पल शाह, वर्षा राउत, ह्यारी योन्जनका अलावा गायक सयंमको पनि अभिनय देख्न सकिन्छ । यस म्युजिक भिडियोलाई युगल पोमो लिम्बुले निर्देशन गरेका हुन् । उक्त म्युजिक भिडियो एसियन म्युजिकले श्रोतासामु ल्याएको हो ।

Comments