‘मिस सुपर ट्यालेन्ट नेपाल’ हुने
screennepal
प्रकाशित: २०७२, ३० असार बुधबार
no img

काठमाडौ । ‘मिस सुपर ट्यालेन्ट वल्र्ड–२०१५’मा नेपालको प्रतिनिधित्व गर्ने प्रतिभा खोज्ने उदेश्यले अन्तराष्ट्रियस्तरको सौदर्य प्रतियोगीता ‘मिस सुपर ट्यालेन्ट नेपाल–२०१५’ आयोजना हुने भएको छ । हालै गएको महाभुकम्पले मुलुकको पर्यटन ब्यवासाय धरासायी भएको अवस्थामा विश्वभर हाम्रो सम्पदा र धरोहर सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न तथा नेपाली कलासंस्कृतिलाई विश्वसामु चिनाउन कार्यक्रमले सहयोग गर्ने आयोजकको दावी छ ।

miss nn
नेक्ष्ट मोडलस् नेपालको अयोजना रहेको प्रतियोगीताको अर्काे उदेश्य नेपालमा अन्तराट्रियस्तरको सौदर्य प्रतियोगीता गरेर नेपाली युवतीहरुको क्षमता अभिबृद्धि गर्दै अन्तर्राष्ट्रिय मोडलिङ र फेशनजगतमा नेपालको दर्बिलो उपस्थिति गराउनु जनाइएको छ । प्रतियोगिताको बिजेताले अमेरिकाको लसभेगासमा आगामी डिसेम्भर १० मा हुने ‘मिस सुपर ट्यालेन्ट वल्र्डमा–२०१५’ मा सहभागिता जनाउने अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ ।
‘मिस सुपर ट्यालेन्ट वल्र्ड’ यसअघि मिस एसिया प्यासिफिकको नामबाट आयोजना हुने गरेको थियो । यस प्रतियोगितामा ‘मिस नेपाल–२०१०’ की बिजेता सदिक्षा श्रेष्ठले सहभागिता जनाएकी थिइन् ।  यसपटकबाट भने ‘मिस सुपर ट्यालेन्ट नेपाल’ ले सहभागिता जनाउन पाउने आयोजक नेक्ष्ट मोडलस्ले जनाएको छ । ‘मिस सुपर ट्यालेन्ट नेपाल’का लागि अहिले आवेदन खुल्ला गरिएको छ । प्रतियोगीताको पहिलो चरणको अडिसन आगामी साउन ९ र १६ गते राजधानीमा गरिने जनाइएको छ । पहिलो र दोस्रो अडिसनबाट छानिन सफल प्रतियोगीलाई अन्तिम स्पर्धाको लागी एक महिने प्रशिक्षण दिइनेछ ।

Comments