सोनिया भइन् स्कुल प्रिन्सेस
screennepal
प्रकाशित: २०७२, २७ असार आईतवार
no img

काठमाडौं । ‘स्कुल प्रिन्सेस–२०१५’ को उपाधि सोनिया लिम्बुले जितेकी छन् । आरती इन्टरटेन्मेन्ट ग्रुपद्वारा राजधानीमा आयोजित दोश्रो सिजनमा सरस्वती उच्च माध्यमिक विद्यालयमा अध्ययनरत सोनियाले आफ्ना ९ प्रतिष्पर्धीलाई पछि पार्दै उपाधि जित्न सफल भएकी हुन् । उनले उपाधिसहित नगद १५ हजार र विभिन्न गिफ्ट ह्याम्पर पनि प्राप्त गरिन् ।

IMG_7920
प्रतियोगितामा स्कोलर होम एकेडेमी स्कुलकी प्रेक्षा शिवाकोटी फस्र्ट रनरअप र नागार्जुन भ्याली स्कुलकी अनुशाा राई सेकेन्ड रनरअप भए । उनीहरुले पनि नगद तथा विभिन्न उपहार पाए । यस्तै, नागार्जुन स्कुलकी सरस्वती खड्काले ‘बेष्ठ पब्लिक च्वाईस अवार्ड’ हात पारिन् । शनिबार दिउँसो राष्ट्रिय नाचघर जमलमा सम्पन्न प्रतियोगितामा अन्य विभिन्न सबटाइटल पनि उदइएको थियो । जसमा बेस्ट ट्यालेन्ट युजिन सुवेदी, बेष्ट ड्रेसमा सिवानी कार्की, बेष्ट डिसिप्लिनमा अश्मी कार्की र बेष्ट क्याटवाकको उपाधि सुरक्षा लामिछानेले पाएका छन् । प्रतियोगितामा गीतकार मिनसागर लामा, रंग पत्रकार जयन सुब्बा मानन्धर, किसन सिंह र भीम मल्ल निर्णायक मण्डल रहेका थिए ।

Comments