Exclusive : गायिका शितलको हातमा सरकारी फाइल
screennepal
प्रकाशित: २०७२, २६ असार शनिबार
no img

– एमपी सुब्बा

शितल जावलाखेलस्थित स्टाफ कलेज जावलाखेलमा बरिष्ठ सहायक पदमा जागिरे छिन् । यो उनका कतिपय फ्यान अर्थात् प्रशंसकले थाहा नभएको हुनसक्छ । उनी कार्यरत कार्यालयमा पुग्दा शितलले सरकारी जागिर खानुको रहस्य पनि खोलिन् । ‘जागिर खानुको मुख्य कारण मेरो पढाइलाई सदुपयोग गर्नु हो’ एमबीएसम्म अध्ययन गरेकी शितलले भनिन्, ‘अर्को कुरा कर्मचारी भएर देशको सेवा गर्ने लक्ष्य पनि हो ।’ उनी कार्यरत कार्यालय अर्थात् स्टाफ कलेजले देशका निजामति कर्मचारीहरुलाई प्रशिक्षण दिन्छ । केही दिनअघि स्क्रिननेपाल स्टाफ कलेज पुग्ला शितल निकै व्यस्त थिइन् ।

Shital moktan (1)

काठमाडौं । नेपाली गीतसंगीतका दर्शक/श्रोताले रुचाएका सांगीतकर्मीमध्येकी एक गायिका शितल मोक्तान । त्यतिमात्र नभई थोरै समयमै आफूलाई युवाढुकढुकी बनाउन सफल गायिका पनि हुन् उनी । सांगीतिक माहोलभित्रै जन्मेहुर्केकी भएकाले पनि शितलमा संगीतको दम छ । नेपाली सांगीतिक क्षेत्रका चर्चित हस्ती दम्पति शिलाबहादुर मोक्तान र कुन्ति मोक्तानकी छोरी शितलकी बहिनी सुवानी पनि उत्तिकै कुसल गायिका हुन् । एक किसिमले भन्ने हो भने यि मोक्तान परिवार एउटा गायनको भन्डारण हो । उनीहरुको गायनकला र सक्रियता देख्दा लाग्छ, ‘यि परिवारले संगीतबाहेक अरु केही सोच्नै सक्दैनन् ।’ तर, यो सोचाइलाई गायिका शितलले गलत सावित गरेकी छन् अर्थात् शित्तलले गायनसँगै सरकारी सेवा पनि गर्न थालेकी छन् ।

Shital moktan (2)
शितल जावलाखेलस्थित स्टाफ कलेज जावलाखेलमा बरिष्ठ सहायक पदमा जागिरे छिन् । यो उनका कतिपय फ्यान अर्थात् प्रशंसकले थाहा नभएको हुनसक्छ । उनी कार्यरत कार्यालयमा पुग्दा शितलले सरकारी जागिर खानुको रहस्य पनि खोलिन् । ‘जागिर खानुको मुख्य कारण मेरो पढाइलाई सदुपयोग गर्नु हो’ एमबीएसम्म अध्ययन गरेकी शितलले भनिन्, ‘अर्को कुरा कर्मचारी भएर देशको सेवा गर्ने लक्ष्य पनि हो ।’ उनी कार्यरत कार्यालय अर्थात् स्टाफ कलेजले देशका निजामति कर्मचारीहरुलाई प्रशिक्षण दिन्छ । केही दिनअघि स्क्रिननेपाल प्रतिनिधी स्टाफ कलेज पुग्ला शितल निकै व्यस्त थिइन् । तैपनि उनी कुराकानी गर्न तयार भइन् । ‘यो फाइल आजै बुझाउनु पर्ने हो’ हातको फाइल देखाउँदै शितलले भनिन्, ‘सरी है, डिस्टर्ब भयो ।’ सरकारी कर्मचारी भएकाले होला उनी सेलब्रेटी भएर पनि एकदमै साधारण पहिरनमा थिइन् । बुट्टे वानपीसमाथि कालो रंगको स्वीटर र पेन्टमा रहेकी शितलले भनिन्, ‘यहाँ मात्र नभएर म अन्य ठाउँमा पनि खाशै डेसअप गर्दिनँ । ममा फेसन सेन्स नभएर पनि होला । अझ यहाँ त डे«सअफ गरेर आउने कुरै भएन ।’

यसपटक शितल सोलो एल्बम ल्याउने सोचमा छिन् । ‘यसपाली म सिंगल एल्बम ल्याउँदैछु’ शितलले भनिन्, ‘जुन एल्बममा मेरै शब्द र कम्पोज रहने छ ।’ उनले आफ्नो आगामी एल्बम केही फरक हुने पनि बताइन् । उनका अनुसार एल्बमको एउटा गीत स्व. आलोक नेम्बाङप्रति सर्मपित हुनेछ ।’ शितलले आलोकलाई आफ्नो प्रेरणाका श्रोताका रुपमा लिन्थिन् । शितल भन्छिन्, ‘उहाँले नै मलाई इमेज टेलिभिजनमा प्रस्तोता बनाउनु भएको थियो । र, उहाँबाटै निर्देशक सिक्ने मौका पाएकी हुँ ।’

एक जना सेलिब्रेटी सरकारी फाइल मिलाउन व्यस्त देखिएपछि सोधियो ‘यहाँ जागिर खाएर गायनलाई समय दिन सक्नुहुन्छ ?’ शितलले भनिन्, ‘सक्छु, सकेसम्म दुवैतिर भ्याउने प्रयास गर्दै आएकी छु । शनिबार र आइतबार बिदा हुन्छ । बिदाको समय संगीतलाई दिँदै आएकी छु ।’ हुन त शितलले पहिलोपटक गायनसँगै जागिर खाएकी भने होइन । उनले टेलिभिजन प्रस्तोतादेखि केही कम्पनीहरुमा जागिरे भएर अनुभव बटुलिसकेकी छन् । तर, अब शितल एक गायिका मात्र नभइ निजामति कर्मचारीसमेत बनेकी छन् । गायनमा जस्तै सरकारी जागिरमा पनि आफ्नो कार्यकुसलता देखाएर जनताको मन जित्ने उनको लक्ष्य छ ।

Shital moktan (3)
शितल सानैदेखि गाउँथिइन् । स्कुल पढ्दै उनी बालगीत गाउँथिन् बालगीत गाएर चर्चा बटुल्दै गएपछि बहिनी सुवानीसँग मिलेर ‘पहिलो माया’ एल्बम ल्याइन् । त्यसपछि नै उनको सांगीतिक यात्राले व्यसायिक मोड लिएको हो । परिवारै संगीतमा लिप्त भएपछि उनीहरुमा एउटा सहकार्य हुन थाल्यो । शिलाबहादुरको संगीतमा कुन्तिको स्वर सुन्दै आएका श्रोताले विस्तारै शितल र सुवानीको पनि स्वर सुन्न थाले । आमाबाबुको जस्तै शितल–सिवानीमा पनि एल्बममा सहकार्य हुन थाल्यो । ‘पहिलो माया’ पछि शितल–सिवानीले सहकार्यमै ‘जुनी जुनीको लागि’ एल्बम ल्याए । करिब तीन वर्ष अघिको कुरा हो । तर, ‘जुनी जुनीको लागि’ एल्बमका गीतहरु शितल र सुवानी आफैंले तयार गरेका थिए । यसरी गायनको प्रारम्भदेखि नै शितल र सुवानीले एल्बममा सहकार्य गर्दै आएको हो । तर, यसपटक शितल सोलो एल्बम ल्याउने सोचमा छिन् । ‘यसपाली म सिंगल एल्बम ल्याउँदैछु’ शितलले भनिन्, ‘जुन एल्बममा मेरै शब्द र कम्पोज रहने छ ।’ उनले आफ्नो आगामी एल्बम केही फरक हुने पनि बताइन् । उनका अनुसार एल्बमको एउटा गीत स्व. आलोक नेम्बाङप्रति सर्मपित हुनेछ ।’ शितलले आलोकलाई आफ्नो प्रेरणाका श्रोताका रुपमा लिन्थिन् । शितल भन्छिन्, ‘उहाँले नै मलाई इमेज टेलिभिजनमा प्रस्तोता बनाउनु भएको थियो । र, उहाँबाटै निर्देशक सिक्ने मौका पाएकी हुँ ।’ शितलले केही म्युजिक भिडियो समेत निर्देशन गरेकी छन् ।
शितलले आफ्नो सांगीतिक परिवार निकै रमाइलो रहेको बताइन् । ‘सबै संगीतमा भएकाले कुराकानी मिल्छ’ उनले भनिन्, ‘सबैजना भेला भएर गफगाफ गर्दा रमाइलो हुन्छ ।’ यसरी गफिँदा एक अर्काको कमेन्ट हुने पनि उनले सुनाइन् । ‘एकअर्काको कमेन्ट गर्दा आफ्नो कमजोरी पनि थाहा हुन्छ’ शितलले भनिन्, ‘एकअर्का बीच छलफलले फाइदा पनि गर्छ ।’

Comments