तीन मोडलसँग विशालको रोमान्स !
screennepal
प्रकाशित: २०७२, २४ असार बिहीबार
no img

bishal

काठमाडौं । पछिल्लो समय पत्रकारहरु कलममा मात्र सिमित छैनन् । कोही निर्देशन गर्छन् त कुनै अभिनय । रंग पत्रकारका लागि मोडलिङ त सामान्य भइसकेको छ । यस्तै, विशाल राई पनि मोडल भएका छन् । हेर्दा पनि पत्रकारभन्दा मोडल जस्ता देखिने विशाल गायिका तायाहाङ्मा राईको गीत ‘कोई छ’ को म्युजिक भिडियोमा मोडलिङ गरेका छन् ।

bbb

मंगलबार गोदावरीमा सुटिङ गरिएको उक्त म्युजिक भिडियोमा विशालसँग तीनजना फिमेल मोडलले मस्ती गरेका छन् । भिडियोमा एलिसा राई, सुमन र त्रिप्तासँगको प्रेममा ‘कोही छ ?’ भन्दै विाशाल रमाएका छन् । भिडियोको निर्देशन नितिन चन्दले गरेका हुन् । रंग पत्रकारितामा क्रियाशील विशालले मोडलिङबाट कस्तो रेस्पोन्स पाउने हुन् ? त्यो भिडियो रिलिज भएपछि नै थाहा हुन्छ । निर्देशक नितिनका अनुसार भिडियो एक सातापछि रिलिज हुनेछ ।

Comments