आयो ! युवालाई उत्प्रेरणा जगाउने गीत
screennepal
प्रकाशित: २०७२, २० असार आईतवार
no img

hh

काठमाडौं । भूकम्पको पीडालाई लिएर निराशवादी गीतहरुको भीडमा पुननिर्माणमा लागौँ भन्ने उत्साहित गर्ने वीर रस गीत आएको छ ।
उठौँ, जुटौँ हे, युवा जे छ आफ्नो साथमा बोकेर हातमा
यो देश बनाउने जिम्मेवारी अब हाम्रो काँधमा ।
ढल्यो वस्ती गाउँसहर, यो मन त म¥या छैन
भत्कीयो सांस्कृतिक धरोहर आस्था त म-या छैन
दुखेको मनमा मल्हम लगाउँ हामी
भत्केको घरलाई फेरि बनाऔँ हामी…।

h2
गायक सविन घिसिङ तामाङद्वारा शब्द÷संगीत एवं गायनमा हालै रेकर्ड गरिएको यस गीतमा गायिका माण्डवी त्रिपाठीले स्वर साथ दिएकी छन् । यस गीतको भिडियो शुक्रबार छायांकन गरिएको छ । निर्देशक सुलोचना थिङद्वारा निर्देशित सो म्युजिक भिडियोमा चिकित्सक डा. केदार नरसिंह केसीदेखि साहित्यकार यकिना अगाधसम्म अँटेका छन् ।

h22
राष्ट्र निर्माणमा समर्पित गीत भएकाले निर्देशक थिङले अरुको तुलनामा पृथकता दिने बताइन् । पाँच दर्जनभन्दा बढी भिडियो निर्देशन गरिसकेकी थिङले अहिलेसम्मकै उत्कृष्ट मेहनतलगाएर बनाउने पनि बताइन् । प्रजातान्त्रिक विचार समाज एवं विपी अस्पतालका अध्यक्ष डा. केसी, एनआरएन अमेरिकाका युवा संयोजक डा. वर्षा मोक्तान, पिए नेप्लिज गुठी, पेन्सिलभानियाका सल्लाहकार विनोद मोक्तान, नायक÷गायक विजय लामा, ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ निमाग्याम्छो लामा, प्रगतिशील साहित्यकार अगाध, नायक÷गायक अनुप योन्जन, समाजसेवी लक्ष्मी योन्जन, नायिका रिमा विश्वकर्मा, मोडल एरिन तामाङ र सोनम श्रेष्ठ, व्यवसायी सुवास तामाङ, सञ्चारकर्मीद्वय लक्ष्मी रुम्बा र अर्जुन तामाङ, ट्राउट माछा व्यवसायी कृषक तिलक रुम्बालगायतले अभिनय गरेका छन् भने शब्द र दृश्यको परिकल्पनाकार सञ्चारकर्मी अर्जुनबहादुर तामाङको रहेको छ ।

Comments