मिडियासँग गेम खेल्न चाहन्छु : आलिया भट्ट
screennepal
प्रकाशित: २०७२, २० असार आईतवार
no img

मुम्बई । बलिउड अभिनेत्री आलिया भट्ट फिल्मका अलावा जोक्सका कारण पनि सधैं चर्चामा आइरहेकी हुन्छिन् । अर्कोतर्फ उनी आफ्नो को–स्टारसँगको सम्बन्धले पनि चर्चा पाएकी छन् । बलिउडकी यी यङ स्टारको डेब्यू फिल्म ‘स्टूडेन्ट अफ द ईयर’ मार्फत गरेकी हुन् । त्यतिखेरै उनी आफ्नो को–स्टार वरुण धवनसँग अफेयरले खुबै चर्चामा आइन् । यो चर्चा उनको फिल्म ‘हंप्टी शर्मा की दुल्हनिया’ पनि जारी रह्यो । त्यसपछि आलियाले अजुर्न कपूरका साथ फिल्म ‘२ स्टेट्स’ मा काम गरिन् । त्यसपछि आलियाको नाम अर्जुनसँगै जोडिन थाल्यो । तर, अहिले उनको नाम अभिनेता सिद्धार्थ मल्होत्रासँग जोडिन थालेको छ ।

alia_sm_650_070315014714
सिद्धार्थ–आलिया फिल्म ‘कपूर एन्ड सन्स’मा सँगै देखिँदैछन् । अक्सर आलिया आफ्नो हरेक फिल्मको को–स्टारसँग अफेयर चर्चामा आउँछिन् । तर, आलिया भने यसलाई मिडिया र आफ्ना फ्यानले हल्ला फिजाएको दावी गर्छिन् । उनी भन्छिन्, ‘चर्चामा आउनु नराम्रो होइन, तर बेला मिडिया र मेरा फ्यानले अलि बढी नै चर्चा गरिदिन्छन् । उनले आफ्नो अफेयरकै बारेमा एक इन्टरभ्यूमा भनेकी छन्, ‘मलाई यस्तो लाग्न थालेको छ कि, चर्चामा आउनु पनि एउटा गेम हो । यो गेम म मिडियासँग खेल्न चाहन्छु ।’ उनले थोरै बोल पनि धेरै कुरा बोल्न सक्ने मिडियालाई खेलाडीको संज्ञा दिइन् । ‘म धेरै कुरा बोल्छु किनकि, मलाई धेरै सिक्न मन लाग्छ’ उनले भनिन्, तर, मिडियाले झनै धेरै बनाइदिन्छन् । त्यसैले मिडियाको अगाडि धेरै बोल्न मलाई आवश्यक छैन ।’ -एजेन्सी

Comments