यो गर्मीमा ‘सुन्दरीजलको त्यो चिसो पानी…’ (भिडियो हेर्नुस्)
screennepal
प्रकाशित: २०७२, १८ असार शुक्रबार
no img

sundari jal

काठमाडौं । यो गर्मीमा सुन्दरीजलको चिसो पानी पिउन पाउँदा कस्तो आनन्द होला ? विडम्बना सुन्दरीजलको त के कुरा, धारामै पानी नआएर पो त । धारामा सुन्दरीजलको पानी नआए पनि म्युजिक भिडियो भने आएको छ । गायक अनिल सिंहको स्वर तथा संगीत रहेको ‘सुन्दरी जलको त्यो चिसो पानी’ बोलको गीत सार्वजनिक गरिएको छ ।
एल्बम ‘आरोग्य’मा समेटिएको यस गीतको रचना डा. बद्री पोखरेलले गरेका हुन् । म्युजिक भिडियोमा हास्य अभिनेत्री निरु खड्काका अलावा बादल, आकाश र बिशाखाको अभिनय हेर्न सकिन्छ । हास्य टेलिचलचित्र ‘मेरी बास्सै’ मा ‘ठ्यासकुमारी’का रुपमा चर्चित निरु पछिल्लो समय म्युजिक भिडियो मोडलिङमा पनि व्यस्त हुँदै आएकी छन् । नव ढुंगेलले निर्देशन गरेको ‘सुन्दरी जलको त्यो चिसो पानी’ गीतको भिडियोलाई अमृत सुनुवारले खिचेका हुन् । यस भिडियोलाई आर्टिस्ट नेपालले सार्वजनिक गरेको हो ।

Comments