सोनिकाको स्वरमा ‘म पलपल मरेँ’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, १७ असार बिहीबार
no img
sonika

सोनिका लामा, गायिका

काठमाडौं । जवानीका गीत गाएर चर्चामा आएकी गायिका सोनिका लामाले यसपटक सेन्टिमेन्टल प्रस्तुत गरेकी छन् । गत वर्ष यसै समयमा सोनिका ‘१६ वर्षे जवानीमा लाली चढ्यो’ भन्दै श्रोता तथा दर्शकमाझ आएकी थिइन् । अहिले उनी ‘मरेँ म पलपल मरेँ’ भन्दै आएकी छन् । संयोगवस यो गीत उनले १२ बैशाखको विनाशकारी भूकम्पकै बेला तयार गरेकी हुन् । जतिबेला भूक्मपको डर र त्रासले मान्छे साँच्चीकै ‘पलपल’ मरेजस्तै भएको थियो । दीव्या लामाको शब्द तथा रमेश खड्काको संगीत रहेको ‘मरे म पलपल मरेँ’ गीतको म्युजिक भिडियोको निर्देशन अनिल थापाले गरेका हुन् । भिडियोमा अनिल र वर्षा शिवाकाकोटी अभिनय हेर्न सकिन्छ । यस भिडियोलाई चियर्स इन्टरटेनमेन्टले श्रोतामाझ ल्याएको हो । गीत रिलिज गरेपछि सोनिकाले भनिन्, ‘यसअघि डान्सिङ विटमा गीत गाउँदै आएकी थिएँ । तर, यसपटक सेन्टिमेन्टल गाएकी छु ।’ यो गीत आफ्नो नयाँ एल्बम ‘सोनिका’ मा समेट्ने उनले बताइन् । भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुस् ।

Comments