छुटेकाहरुका लागि १५ दिन थप
screennepal
प्रकाशित: २०७२, १५ असार मंगलवार
no img

काठमाडौं । ‘चौंथोे म्यूजिक खबर म्यूजिक अवार्ड’ का लागि आवेदन करिब १५ दिन थपिएको छ । अब यो अवार्डमा सहभागी हुन चाहन कलाकारले असार मसान्तसम्म आवेदन दिन सक्नेछन् । बैशाख १२ को विनाशकारी भूकम्पका कारण संगीत क्षेत्रमा आवद्ध गीतकर्मीहरु समस्यामा परेको आवेदन दिन छुटेकाले आवेदन दिने समय थपिएको आयोजकले जनाएको छ । मंगलबार म्युजिक खबरले विज्ञप्तिमार्फत १५ दिन आवेदन समय थप गरेको जनाएको हो ।

award 2015 copy
म्यूजिकखबर डटकमले चार वर्षयता अवार्ड गर्दै आएको हो । यसपटक यस अवार्डमा भुकम्पबारे बनाइएका गीतलाई पनि समेट्ने आयोजकले जनाएको छ । ‘उत्कृष्ट भुकम्प’ गीत विधामा भूकम्पको विषयलाई केन्द्रमा राखेर बनाइउका चेतनामूलक गीतलाई अवार्डमा समेटिएको जनाइएको छ । साथै, प्राकृतिक प्रकोपबाट पर्न गएको क्षतिप्रति दुःख व्यक्त गर्दै म्यूजिकखबर डटकमले सिर्जनशील संगीतकर्मीलाई अवार्डमा सहभागी हुनसमेत आग्रह गरेको छ ।
अवार्ड आगामी भाद्र महिनामा राजधानीमा एक भव्य कार्यक्रमबीच गरिने जनाइएका छ । ३२ विधामा प्रदान गरिने अवार्डमा ‘बाल प्रोत्साहन सम्मान’बाट एकजना बालसंगीतकर्मी र ‘म्यूजिक खबर संगीत पत्रकारिता पुरस्कार’बाट एक जना संगीत पत्रकारलाई सम्मान गरिने आयोजक संस्थाका अध्यक्ष सुमन बैरागीले बताए ।

Comments