‘जीवनभरी साथ देउ’ भन्दै माइकल र मेलिना (भिडियो हेर्नुस्)
screennepal
प्रकाशित: २०७२, १५ असार मंगलवार
no img
melina

Melina Rai, Singer

काठमाडौं । गायक माइकल लिम्बू पियाक र गायिका मेलिना राईले ‘जीवनभरी साथ देउ’ बोलको गीत गाएका छन् । हेम लावतीको शब्द रचना रहेको यस गीतको संगीत राजशुक्र लिम्बूले गरेका हुन् । एक्शन स्टुडियो अनामनगरमा रेकर्डिङ गरिएको यो गीत माइकलको ‘प्रेम प्रस्ताव’ एल्बमको हो ।

maikal

Maikal Limbu Piyak, Singer

माइकल यसै एल्बममार्फत गायनमा औपचारिक रुपमा देखिएका हुन् । सुमधुर स्वरमा धनी माइकलको ‘प्रेम प्रस्ताव’ लाई श्रोताले स्वीकारेका छन् अर्थात् उनका गीतहरु श्रोताले रुचाएका छन् । मेलिना पछिल्लो समय चलचित्र पाश्र्व गायनमा चम्किँदै गरेकी नाम हुन् । माइकल र मेलिनाको स्वरलाई सुहाउँदो संगीत राजशुक्रले गरेका छन् । गीतसंगीतमै एक दशकभन्दा बढी बिताइसकेका राजशुक्रको संगीतमा माइकल र मेलिनाले आफ्नो सुमधुर स्वर दिइरहँदा खिचिएको यो भिडियो पनि यु–ट्युबका दर्शक÷श्रोताले मन पराएका छन् । यस भिडियोलाई मनोरञ्जन नेपालले यु–ट्युबमा ल्याएको हो । भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुस् ।

Comments