‘एसएलसी प्रिन्सेस’ ले पनि देखाए प्रतिभा
screennepal
प्रकाशित: २०७२, १३ असार आईतवार
no img

maa

काठमाडौं । पाँचौं ‘टिभिएस जुपीटर एसएलसी प्रिन्सेज–२०१५’का प्रतियोगीले पनि शनिबार नै राजधानीमा आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । १९ असारमा काठमाडौंको प्रज्ञा भवनमा हुने सो प्रतियोगिताको ‘ट्यालेन्ट शो’को उपाधिका लागि प्रतियोगीले आप्नो प्रतिभा प्रस्तुत गरेका हुन् ।

mmm

कार्यक्रममा अधिकांशले नृत्य प्रस्तुत गरेका थिए । करिश्मा तामाङ साक्क्षी प्याकुरेल, दिया खनाल, तेजस्वी कोइराला, तेजस्वी श्रेष्ठ, अन्जु भण्डारी, प्रियाङ्का थपलिया, पल्लवी केसी, मिलु श्रेष्ठ, वर्षा खड्का, प्रमिला श्रेष्ठ, सुमीत्रा लामीछानेलगायतले नेपाली गीतमा नृत्य प्रस्तुत गरेका थिए भने आसिना देउला सिम्रन श्रेष्ठ, मनिशा लामा, प्रतिक्षा लामा, सृजु शाक्य, पुजा गदेल, दीक्षा खड्की, एलिशा बज्रचायर्, निष्ठा मर्हजन, सुप्रिया श्रेष्ठ, समिता गौतम, आसिता घले, रेसु श्रेष्ठ, आर्या कुइँकेल, काज राज, सताव्दीका गिरि, निकिता लामा, दीया खनालले पनि अंग्रेजी गीतमा नृत्य कला प्रस्तुत गरेका थिए ।  सिजन मिडियमद्वारा आयोजित कार्यक्रममा निर्णायकमा क्याम्पियन एकेडेमीका प्रिन्सिपल नविन श्रेष्ठ, गायक भीम लिम्वु, नृत्य निर्देशक केशव थापा र  मिस ई–कलेज २०१३ की विजेता प्रज्ञा लामिछाने थिए ।

m2

Comments