एउटै स्टेजमा दुई प्रतियोगिताका प्रतियोगीको प्रतिभा (फोटोफिचर)
screennepal
प्रकाशित: २०७२, १३ असार आईतवार
no img

miss slc 2

काठमाडौं । ‘मिस एसएलसी नेशनल’ र ‘मिस्टर एसएलसी नेपाल’का प्रतियोगीले आ–आफ्ना कला देखाएका छन् । प्रतियोगिताको शीर्ष उपाधि हत्याउन करिब एक महिनादेखि प्रशिक्षण लिइरहेका प्रतियोगीले ‘ट्यालेन्ट राउन्ड’अन्तर्गत कला देखाएका हुन् । युहान इन्टरनेशनल इभेन्टद्वारा पहिलोपटक आयोजना हुन लागेको ‘मिस एसएलसी नेशनल–२०१५’ मा २५ छात्रा र ‘मिस्टर एसएलसी नेपाल–२०१५’ मा १७ जना छात्रले स्पर्धा गरिरहेका छन् ।

Mr slc
प्रतियोगीहरुलाई कोरियोग्राफर रोजिन शाक्यले क्याटवाकलगायत विभन्न व्यक्तित्वविकास सम्बन्धी प्रशिक्षण दिइरहेका छन् । राजधानीमा आयोजित ‘ट्यालेन्ट राउन्ड’ मा प्रतियोगीले नृत्य, गायन, वक्तृत्वकला, चित्रकला, कराते, अभिनयलगायतका कला देखाए । ‘ट्यालेन्ट राउन्ड’का लागि नायिका सरक्षा पन्त, मोडल हसन खान, पल शाह, अम्बर श्रेष्ठ, र सुशील श्रेष्ठ निर्णायक थिए । ‘मिस एसएलसी नेशनल’ र ‘मिस्टर एसएलसी नेपाल’ को अन्तिम स्पर्धा १८ असारमा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने आयोजक संस्थाका प्रबन्ध निर्देशक सानु खानले बताए ।

Mr slc 1

miss slc

miss slc 1

Comments