अमेरिकामा विभेदविरुद्ध गीत लेख्दै रमेश
screennepal
प्रकाशित: २०७२, १० असार बिहीबार
no img

‘मैले विद्यालयको कविता प्रतियोगिताबाट पहिलोपटक गीत लेख्न शुरु गरें, त्यसपछि निरन्तर रुपमा गीत लेख्ने काममा सक्रिय छु, ’हालैको भेटमा उनले भने, ‘मैले लेखेका मध्ये करिब २ सय ५० वटा जति गीत रेकर्ड भइसकेका छन्, मलाई विकास, समानता, विभेद र पर्यावरणका बारेमा गीत लेख्नमा विशेष रुचि छ ।’

काठमाडौं । मान्छेमा प्रतिभा छ भने त्यसलाई सीमानाले छेक्दैन । स्वदेश र विदेश दुवै ठाउँमा बसेर भए पनि आफ्ना सिर्जनालाई उसले बाहिर निकालिरहेको हुन्छ । पछिल्लो समयमा (विशेष) युवा पुस्ताका संगीतकर्मीहरु विदेशमा बसेर पनि रचना, गायन वा संगीत जुनसुकै विधामा आफूलाई व्यस्त बनाइरहेका छन् । दोलखा घर भइ हाल अमेरिकामा अध्ययन गरिरहेका रमेश दाहाल पनि यिनै संगीतकर्मीमध्येका एक पात्र हुन्, जो प्रवासमा बसेर पनि निरन्तर गीत लेखनमा सक्रिय छन् । अमेरिकाको क्लार्क युनिभर्सिटीमा इन्भारोमेन्टल साइन्स एण्ड पोलिसीमा एमएसको अध्ययनरत दाहाल पढाइसँगै गीत लेखनमा पनि उत्तिकै व्यस्त हुन्छन् । उनी २० महिनादेखि अमेरिकामा बस्दै आएका हुन् ।

ramesh
०४८ सालदेखि गीत लेख्न थालेका उनले हालसम्म करिब ८ सय ५० वटा जति गीत लेखिसकेका छन् । ‘मैले विद्यालयको कविता प्रतियोगिताबाट पहिलोपटक गीत लेख्न शुरु गरें, त्यसपछि निरन्तर रुपमा गीत लेख्ने काममा सक्रिय छु, ’हालैको भेटमा उनले भने, ‘मैले लेखेका मध्ये करिब २ सय ५० वटा जति गीत रेकर्ड भइसकेका छन्, मलाई विकास, समानता, विभेद र पर्यावरणका बारेमा गीत लेख्नमा विशेष रुचि छ ।’
एक समय झण्डै १३ वर्षसम्म हेल्भेटास नेपाल नामक अन्तर्राष्ट्रिय गैर संरकारी संस्थामा जागिर खाएर देशका करिब आधा बढी जिल्ला पुगेका उनले त्यहाँका भोगाइलाई पनि गीतमा प्रस्तुत गरेका छन् । ‘म संस्थामार्फत झोलुंगे पुल निर्माणको काममा खटिएको थिएँ, त्यो बेला गाउँ गाउँ पुगेर पुल बनाउनु पथ्र्यो,’उनी केही खुले, ‘त्यही बेला गाउँमा देखिएका विकास, विकृतिलगायतका कुरालाई आफ्ना रचनामार्फत उठान गरें ।’

rrr

उनको लेखेर रेकर्ड गराएका मध्ये सितल सुवानीको ‘किनारमा उभिएर जल हान्ने दाई’, गणेश–यशोदा पराजुलीको ‘फेरी तिम्रो सम्झनाले’, आनन्द कार्की र माण्डवी त्रिपाठीको ‘कहिले बन्ला हाम्रो गाउँमा मोटर गुड्ने बाटो’, निमा रुम्बाको ‘तिम्रो ओठको आकृति’, एड्रिन प्रधानको ‘खैरो खैरो कपाल तिम्रो’, नोर्बु तामाङको ‘मायामा कुर्न पनि’, टिका दाहाल र अबुन पाण्डेको ‘मायाले बाधी देउन’ र शिव परियारको ‘सोचे जस्ती छेउ केहि’ बोलका गीत चर्चित छन् ।

गीत लेखनबाहेक साहित्यमा समेत झुकाव राख्ने उनले ‘बालुवाको घर’ कृति २०६२ सालमा पाठकमाझ ल्याईसकेका छन् भने ‘हिउँको फूल’लाई बजारमा ल्याउने तयारी गरिरहेका छन् । उनको लेखेर रेकर्ड गराएका मध्ये सितल सुवानीको ‘किनारमा उभिएर जल हान्ने दाई’, गणेश–यशोदा पराजुलीको ‘फेरी तिम्रो सम्झनाले’, आनन्द कार्की र माण्डवी त्रिपाठीको ‘कहिले बन्ला हाम्रो गाउँमा मोटर गुड्ने बाटो’, निमा रुम्बाको ‘तिम्रो ओठको आकृति’, एड्रिन प्रधानको ‘खैरो खैरो कपाल तिम्रो’, नोर्बु तामाङको ‘मायामा कुर्न पनि’, टिका दाहाल र अबुन पाण्डेको ‘मायाले बाधी देउन’ र शिव परियारको ‘सोचे जस्ती छेउ केहि’ बोलका गीत चर्चित छन् ।
हालसम्म सोलो एल्बम नल्याएका दाहालले २०६६ सालमा रेडियो नेपालबाट आयोजना गरिएको अधिराज्यब्यापी आधुनिक गीत प्रतियोगितामा ‘पूर्वको बादल जल्यो, पश्चिममा हुरी चल्यो’ बोलको गीतका लागि प्रथम स्थान हासिल गरेका थिए ।

‘म आतंकवाद विरोधी, विभेद विरोधी, लैंगिक, जलवायु परिवर्तन र वातावरणका विषयमा नयाँ गीत लेख्न चाहन्छु ।’ मध्यम वर्गीय परिवारका जेठा छोरा उनले भने ।

संगीतकारमा उनले शक्ति बल्लव श्रेष्ठ, शिलाबहादुर मोक्तान, ओम बिक्रम बिस्ट, राम थापा, गणेश पराजुली, चन्द्र कुमार दोङ, भानु थापा, कल्याण सिंह, सचिन सिंह, डेनी निरौला, करण श्रेष्ठ, राहुल प्रधान तथा गायनमा दीप श्रेष्ठ, सन्तोष लामा, बबिन प्रधान, तुलसा वाइबा, इन्दिरा योन्जन, इन्दिरा गुरुङ, अमर तन्दुकार, कर्ण दास, इश्वर अमात्य, नोर्बु तामाङ, ममिन शाक्य, कमल श्रेष्ठसँग सहकार्य गरिसकेका छन् ।
विश्वव्यापीकरणका विषयलाई गीतमा प्रस्तूत गर्ने चाहना राखेका रमेश हाल आफ्ना केही गीतलाई अंग्रेजीमा अनुवाद गरेर बाहिर ल्याउन तयारीमा जुटिरहेका छन् । ‘म आतंकवाद विरोधी, विभेद विरोधी, लैंगिक, जलवायु परिवर्तन र वातावरणका विषयमा नयाँ गीत लेख्न चाहन्छु ।’ मध्यम वर्गीय परिवारका जेठा छोरा उनले भने । रमेशले नेपाल कमर्श क्याम्पस मिनभवनबाट स्मल बिजिनेस मेनेजमेण्ट, ओरिजिनल डेभलपमेन्ट र प्रोजेक्ट मेनेजमेन्टमा एमबीएस र पाटन संयुक्त क्याम्पसबाट सोसियोलोजी डेभलेपमेन्ट स्टण्डी र जेण्डरमा एमए गरेका छन् ।

Comments