कुशलको ‘मर्नु न बाँच्नु’ मा विष्णु (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, ८ असार मंगलवार
no img

bishnu

काठमाडौं । गायक कुशल थलङले आफ्नो ‘साथ’ एल्बममा समेटिएको ‘मर्नु न बाँच्नु’ बोलको गीतलाई म्युजिक भिडियो निर्माण गरेका छन् । कुमार विवाहितको शब्द तथा ताराप्रकाश लिम्बूको संगीत रहेको उक्त गीतको म्युजिक भिडियो निर्देशन सञ्चारकर्मीसमेत रहेको युगल पोमूले गरेका हुन् । सो म्युजिक भिडियोमा गायिका तथा नायिका विष्णु चेम्जोङ, मण्डल थेबे र राम लिम्बूले अनिभय गरेका छन् । ललितपुरस्थित सेलौटी रिसोर्टमा छायांकन गरिएको यो गीतको म्युजिक भिडियो विभिन्न टेलिभिजन च्यानल तथा यु–ट्युबबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।  

Comments