‘सन्फ्रान्सिस्को ग्लोवल फिल्म फेस्टिवल’मा नन्दिता र केकीले नृत्य गर्ने
screennepal
प्रकाशित: २०७२, ८ असार मंगलवार
no img

काठमाडौं । ‘एफआईए’को आयोजनामा अगस्ट ७ देखि १६ सम्म सञ्चालन हुने सन्फ्रान्सिस्को ग्लोबल फिल्म फेस्टिवल’मा नेपाली कलाकारको पनि सहभागी हुने भएको छ । फेस्टिवलबारे जानकारी गराउन अमेरिकाको झार्पा महलमा आयोजित पत्रकार सम्मेलनमा नेपाली कलाकार पनि सहभागी हुने बताइएको हो । बलिउड अवतार ओम पुरी र हलिउड अभिनेत्री किउ चिन्हको आथित्यमा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय कार्यक्रम संयोजक डां फासी खुरानाले महोत्सबबारे  प्रकाश पारेका थिए । महोत्सवमा २५ हजार दर्शकको उपस्थित हुने कुरा सस्थाका ग्लोबल निर्देशन प्रकाश थापाले दावी गरे ।

Global
महोत्सब्मा होलिउडबाडबाट ज्याकी चाङ, शरोन स्तोने, बलिउडबाट रानी मुखर्जी, बिद्या बालन, सोनु निगम र नेपालबाट नन्दिता केसी, केकी अधुकारी, विल्सनबिक्रम राई, सुनिल थापा, राजबल्लव कोइराला, निरज बराल, पुजना प्रधान, नरेशदेव पन्त सरेशदर्पण पोखरेल, ऋचा घिमिरे, अनुशील श्रेष्ठ, जसकुमार राई र राजकुमार लामाले सहभागी जनाउने आयोजकका तर्फबाट प्रकाश थापाले जानकारी गराए । फेस्टिवलमा ३० देशका २ सय ५० चचलचित्रले सहभागिता जनाउनेछन । सो कार्यक्रममा नायिका नन्दिता केसी र केकी अधिकारीले नेपाली संस्कृति झल्किने नृत्य देखाउने भएका छन ।

Comments