उपाधि दौडमा ‘मिस टिन एसएलसी’का प्रतियोगी
screennepal
प्रकाशित: २०७२, ८ असार मंगलवार
no img

काठमाडौं । एसएलसी दिएर उच्चशिक्षा आर्जनको तयारीमा रहेका छात्राका लागि ‘स्टार वन इन्टरटेनमेन्ट’ले ‘मिस टीन एसएलसी–२०१५’ आयोजना गर्ने भएको छ । १५ असारमा राजधानीको राष्ट्रिय नाचघरमा हुने प्रतियोगितामा अन्य जस्तै मूख्य उपाधिसहित फस्ट, सेकेण्ड, थर्ड र फोर्थ रनरअपलगायत विभिन्न टाइटल अवार्ड दिइने छ ।
आयोजक संस्थाकी अध्यक्ष पूजा निरौलाका अनुसार प्रतियोगिताको प्रमूख उपाधि विजेतालाई प्लस–टु अध्ययनका लागि पूर्णछात्रबृत्तिको व्यबस्था गरिने छ भने आइएलटीए, टफेल र भाषा कोर्षका साथमा विभिन्न गिप्mट ह्याम्परको व्यवस्था गरिने छ। त्यसैगरी विजेता छात्राका लागि एयरहोस्टेजको तालिमको व्यबस्था पनि गरिने जनाइएको छ । यतिखेर प्रतियोगीहरुलाई अश्विनी झाले कोरियोग्राफी र ग्रुमिङ, स्वीमिङ, व्यक्तित्वविकास, चित्रकला, श्रृंगार, जुम्बालगायतका विभिन्न विधाको प्रशिक्षण दिँदै आएको छ ।

miss teen
यस्तै, रिवन इन्टरटेनमेन्टको व्यबस्थापनमा हुने प्रतियोगितामा २७ किशोरीले स्पर्धा गर्दैछन्। प्रतियोगितामा राजधानीका विभिन्न स्कुलबाट एसएलसी दिएका किशोरीहरु रोजिता महर्जन, अनुशा थापा मगर, अर्सुला सुवेदी, जुनु लामा, सुजता श्रेष्ठ, जोसना महर्जन, जिम्मी महर्जन, रोनिभा थापा, स्यारोन राई, सेवीका कोईराला, बिनीता कार्की, रोजिना तामाड., दिव्या थापा, आस्था कार्की, मनिका श्रेष्ठ, बिपना श्रेष्ठ, निमा तामाड., रिना तामाङ, यमुना खड्का, ओजस्वी कोईराला, पलिस्था महर्जन, ओशिन राई, सुजता केसी, नमुना गिरी, जेनिफर तामाङ र सिमरिका लामाले स्पर्धा गर्दैछन् ।

Comments