भुईंचालो पीडितलाई कविताको रस्वस्वादन !
screennepal
प्रकाशित: २०७२, ७ असार सोमबार
no img

काठमाडौं । राजधानीको टुँडिखेलमा रहेका भुईचालो पीडितहरूले कविताको रस्वस्वादन गरे । ज्योति साहित्य प्रतिष्ठान काठमाडौंले गरेको आफ्नो नियमित मासिक साहित्य कार्यक्रमको १०४औं शृंखलाअन्र्तगत विभिन्न कविले कविता सुनाएका थिए, जहाँ उपस्थित भूकम्पपीडितले कविता सुनेर  मनारेञ्जन गरेका थिए । कार्यक्रममा अमेरिकाबाट आएका साहित्यकार लालगोपाल सुवेदी र दीपा राई पुनलाई ज्योति साहित्य सम्मानद्वारा सम्मान गरिएको थियो । सम्मानीत श्रष्टाका बारेमा संस्थाका उपाध्यक्ष सुर्य वस्नेत र सचिव तर्कना शर्माले चर्चा गरेका थिए ।

???????????????????????????????
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहले सम्मानित श्रष्टा सुवेदी र राई सं.रा. अमेरिकामा बसेर नेपाली भाषा र साहित्यलाई सक्रिय रूपमा मायाँ गरिरहेकोमा उनीहरूको कार्यको मुल्यांकन गर्दै सम्मान गरिएको बताए । कार्यक्रममा विष्णु विरही, प्रेम ढलकपुरे, शशि थापा पण्डीत, ललिता दोषी, प्रमोद स्नेही, भाग्यशाली अधिकारी, विकु लामा, रस्मी रिमाल, असोक सुवेदी, संगिता पनेरू, पुण्य घिमीरे, निवन्ध आचार्यलगायतले कविता वाचन गरेका थिए ।

Comments