चरिकोटमा ‘चट्ट रुमाल क्या मालुम…’ (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, ७ असार सोमबार
no img

???????????????????????????????

काठमाडौं । जब लोकगायकद्धय बिरही कार्की र राजु ढकाल मञ्चमा दोहोरी गाउन थाले, तब स्थानीयहरु असारको गर्मीलाई वेवास्ता गर्दैै छमछमी नाच्न थाले । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले दोलखाको चरिकोट टुँडिखेलमा आयोजना गरेको भूकम्पसम्बन्धि सांस्कृतिक जनचेतना अभियानअन्तर्गतको मनोपरामर्स कार्यक्रममा राष्ट्रिय कलाकारसँग स्थानीय धितमरुञ्जेल नाचे । १२ बैशाखको बिनासकारी भूकम्पबाट त्रसित स्थानीयलाई सामान्य जीवनतर्फ फर्काउन मनोरञ्जन कार्यक्रमअन्तर्गत प्रतिष्ठानले त्यहाँ सांस्कृतिक कार्यक्रम गरेको हो ।

???????????????????????????????
कार्यक्रममा हास्य कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले भूकम्पलाई बिषय बनाएर गरेको प्रहसनमा दर्शकहरु खित्का छाडेर हाँसेका थिए । सोही कार्यक्रममा केदार घिमिरे ‘माग्ने बुढो’ले सुरु हसाउँदा दर्शकहरुले जुन आनन्द लिए । सोही आनन्द अर्का हास्य कलकार जीतु नेपालले पनि प्रहसनबाट दर्शकलाई गराए । कार्यक्रममा गायक सत्यराज आचार्य र स्वरुपराज आचार्यले विभिन्न राष्ट्रिय भावनाले ओतप्रोत गीत प्रस्तुत गरेका थिए । दर्शकको माग बमेजिम यी कलाकारले आफ्ना केही चर्चित गीत पनि सुनाए ।

Pokhara4
आयोजकका तर्फबाट प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भूजीत बासकोटाले भूकम्पबारे आफ्ना अनुभव सुनाउँदै सचेत रहन परामर्श दिए । दर्शकको आग्रहमा उपकुलपति बासकोटाले चट्ट रुमाल क्या मालुम…, लौ लौ लिली आयो नी…जस्ता गीत गाउँदा दर्शकहरु नाचेका थिए । यी गीतमा उपकुलपतिसँगै मञ्चमा चढेर दीपकराज गिरी, दिपाश्री निरौला, जीतु नेपाल लगायतका कलाकारहरु पनि नाचेका थिए ।
सो कार्यक्रमको स्थानीय संयोजन गरेका कलाकार मदनदास श्रेष्ठले दोलखाको भूकम्पीय अबस्था बारे चर्चा गर्दै पुन निर्माणमा एकजुट भएर लाग्न आग्रह गरे । कार्यक्रममा पाँच हजार भन्दा बढी दर्शकको उपस्थिति थियो । सो कार्यक्रमको व्यबस्थापन स्थानीय गौरिशंकर सामुदायिक पुस्तकालयले गरेको थियो ।  भूकम्प सम्बन्धि साँस्कृतिक जनचेतना अभियान अन्तर्गतको मनोपरामर्स कार्यक्रममा अन्तर्गत अन्तराष्ट्रिय सँगीत दिबसको अबसर पारेर आईतबार पोखराको उधोग बाणिज्य संघको हलमा साँस्कृतिक कार्यक्रम आयोजना गरियो ।

pohara (2)
मनोरञ्जन तथा नाट्या एवं साँगीतिक गतिविधिबाट स्थानीयहरुमा गत बैशाखको बिनासकारी भूकम्पको त्रास हटाउन त्यहाँ कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका कुलपति सरुभक्तले बताए । दिउँसो १ बजेबाट सुरु भएको सो कार्यक्रम अपरान्ह ४ बजेसम्म चलेको थियो । कार्यक्रममा अग्रज गायिका हरिदेबी कोईरालाले आफ्ना चर्चित गीतबाट दर्शकलाई मनोरञ्जन प्रदान गरिन् । स्थानीय हिमाली सँस्कृतिक परिवार तथा विभिन्न समुहका कलाकारले कार्यक्रममा नृत्य, गीतसङ्गीत प्रस्तुत गरेका थिए ।
अन्तर्राष्ट्रिय सँगीत दिवसको अबसर पारेर आईतबार पोखरामा कार्यक्रम आयोजना गरी गत जेठको पहिलो साताबाट सुरु गरिएको एक महिने भूकम्प सम्बन्धी साँस्कृतिक जनचेतना अभियान समापन गरिएको पनि कुलपति सरुभक्तले कार्यक्रममा जानकारी गराए । सोही अभियान अन्तर्गत शनिबार पोखराको लेखनाथ नगरपालिका स्थित भण्डारढिकमा पनि भूकम्प सम्बन्धि सांस्कृतिक जनचेतना अभियान अन्तर्गत साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।

Comments