म्युजिक भिडियोमा दानाको गाउँको प्राकृतिक सुन्दरता (भिडियोसहित)
screennepal
प्रकाशित: २०७२, ७ असार सोमबार
no img

dana gau

काठमाडौं । लामो समयदेखि यूकेमा बस्दै आएका पूर्वब्रिटिस आर्मी कृष्ण तुलाचनले आफ्नै गाउँठाउँको गीत रचनाका छन् । ‘हाम्रो दाना गाउँ’ बोलको गीतको म्युजिक भिडियोसमेत सार्वजनिक गरिएको छ । सो म्युजिक भिडियोलाई गायन दम्पती कुन्ती मोक्तान र शिलाबहादुर मोक्तानले सार्वजनिक गरेका थिए । दुर्गा परियारको स्वरले सजिएको गीतमा भागिर सुशलिन मगर र प्रकाश सपुतको संगीत रहेको छ । भोज गुरुङले निर्देशन गरेको भिडियोमा खिम गुरुङको छायांकन, दिलिप रानामगरको कोरियोग्राफी र बालटासी गुरुङको सम्पादन रहेको छ । भिडियोमा यशोदा पुर्जा, करुणा तुलाचन, कल्पना श्रीपाल र कुमारी गुरुङलगायतले फिचरिङ गरेका छन् । भिडियोमा म्याग्दी र मुस्ताङको सीमानामा रहेको दाना गाउँका रमणीय दृश्यलाई प्रस्तुत गरिएको छ । यसबाहेक भिडियोमा विश्वकै सबैभन्दा गहिरो अन्ध गल्छी र दाना गाउँमा रहेको रुप्से छहरालाई पनि देख्न पाइन्छ ।
गीतकार तुलाचनले आफु जन्मेको ठाउँ दाना गाउँलाई प्रबद्र्धन गर्दै त्यहाँ स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन गीत सिर्जना गरेको जनाए  । ‘हाम्रो जिल्लामा रहेका धेरै गाविसका गीत बनिसकेका छन्, गीतकै कारण ती गाउँहरुको प्रबद्र्धन र विकास पनि भईरहेको छ,’विगत ८ वर्षदेखि यूकेमा बस्दै आउनुभएका तुलाचनले भने,‘राष्ट्रले गाउँलाई चिनाउनु पर्नेमा आफ्नो समुदायका मान्छेहरु आफै गाउँ चिनाउन सक्रिय छन्, त्यसकारण पनि म मेरो गाउँ चिनाउन अग्रसर भएको हुँ ।’ उनले एक वर्ष लगाएर गीत रचना गरेका हुन् ।

https://www.youtube.com/watch?v=je2fSVUP-C8

Comments