इजरायलमा कार्यक्रम गरेर बालआश्रमलाई सहयोग
screennepal
प्रकाशित: २०७२, ६ असार आईतवार
no img

काठमाडौं । इजरायलमा आयेजित एक सांस्कृतिक कार्यक्रमबाट उठेको रकममध्ये केही हिस्सा राजधानीको काँडाघारीस्थित ‘फ्युचर होप बालआश्रम’लाई सहयोग प्रदान गरिएको छ । केही समयअघि नेपाल–इजरायल सोसाइटीले इजरायलको तेल अविप सहरमा नयाँ वर्ष शुभकामना साँझ नामक साँस्कृतिक कार्यक्रम गरेको थियो । जसबाट संकलित रकममध्ये २५ हजार रुपैयाँ बालआश्रमलाई सहयोग प्रदान गरिएको गायक भीम लिम्बूले बताए । इजरायलमा आयोजित कार्यक्रममा भीमका अलावा कमल खत्री, दिनेश गौतम र त्यहाँ रहँदै आएकी गायिका पेमा लामा पाख्रिनलगायतले सांगीतिक प्रस्तुती पस्केका थिए ।

bhim 12

सहयोग हस्तान्तरण गर्दै गायक भीमलगायतका कलाकार ।

आश्रममै पुगेर भीमलगायतका कलाकारले सहयोग हस्तान्तरण गरेका हुन् । कार्यक्रम नयाँ वर्षको अवसरमा गरिएको भएपनि बैशाख १२ गते गएको महाभूकम्पका कारण सहयोग प्रदान गर्न ढिलाई भएको गायक भीमले बताए । ‘इजरायलबाट फर्कनेवित्तिकै सहयोग प्रदान गर्ने सोच थियो, तर भूकम्प गएपछि त्यो वातावरण नै भएन’ उनले भने, ‘ढिलाइ भए पनि सहयोग प्रदान गरेका हौं ।’ कार्यक्रममा विष्णु लक्सम, कृष्णकला वनेम, रुपा लक्सम, प्रकाश लिम्बू र रमज प्रसाईको संयोजत्वमा भएको हो । रोजगारीको सिलसीलामा इजरायलमा रहेर पनि बालआश्रमलाई सांगीतिक कार्यक्रम गरेर थोरै भएपनि सहयोग गर्न पाउँदा खुसी लागेको उनीहरुले बताए । आश्रम रिता सिवाकोटीले सञ्चालन गर्दै आएकी छन्, जहाँ २० जना बालकालिका आश्रित छन् ।

Comments