सुबिनसँग मिस्टर र मिस एसएलसी (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७२, ३ असार बिहीबार
no img

5

काठमाडौं । ३० जना छात्रा ‘मिस एसएलसी नेशनल–२०१५’को ताज जित्ने दौडमा भने २१ जना छात्रचाहिँ ‘मिस्टर एसएलसी नेपाल’ । उनीहरुलाई कोरियोग्राफर रोजिन शाक्यले दुई सातायता नियमित प्रशिक्षण दिइरहेका छन् । त्यससँगै अन्तिम स्पर्धाका लागि तयारी गरिरहेका उनीहरुलाई विभिन्न सेलिबे्रटी तथा व्यक्तित्वहरुले पनि गु्रमिङ क्लास दिँदै आएका छन् । क्याटवाक, व्यक्तित्वविकासलगायत विभिन्न गतिविधिबारे समेत जानकारी लिँदै आएका ‘मिस एसएलसी नेशनल–२०१५’ र ‘मिस्टर एसएलसी’ का प्रतियोगीहरुलाई गत वर्षकी ‘मिस नेपाल’ सुबिन लिम्बूले पनि प्रशिक्षण दिएकी छन् ।

11
प्रशिक्षण लिइरहेको तीनकुनेस्थित ग्रीन क्याफेमा पुगेर सुबिनले प्रतियोगीहरुलाई कसरी स्टेजमा प्रस्तुत हुने, कसरी मानिससँग फेस टु फेस गर्ने जस्ता व्यक्तित्व विकासबारे एक घन्टा प्रशिक्षण दिएकी हुन् । ‘मिस नेपाल’ सुबिनबाट प्रशिक्षण लिन पाउँदा प्रतियोगीहरु पनि खुसी भए । सुबिनले प्रशिक्षण दिएपछि प्रतियोगीहरु ट्यालेन्ट रहेको बताइन् । ‘सबै प्रतियोगी ट्यालेन्ट रहेछन्’ सुविनले प्रतिक्रिया दिइन्, ‘उनीहरुमा केही गर्ने जोश र जागर छ ।’ उनले प्रतियोगीको क्याटवाकलगायतका गतिविधि पनि नियालेकी थिइन् ।

8
‘मिस एलएलसी नेशनल’ र ‘मिस्टर एसएलसी नेपाल’ दुवैको आयोजक युहान इभेन्ट इन्टरनेशनल हो । यो प्रतियोगिता १२ बैशाखको महाभूकम्प अघि नै सुरु भएको थियो । तर, प्रकृतिक विपत्तिसँगै प्रतियोगिता रोकिएको थियो । भूकम्पको त्रास्दी हट्दै गएकाले प्रतियोगीहरुलाई प्रशिक्षण दिन सुरु गरिएको हो । यी दुवै प्रतियोगिता युहानले पहिलोपटक आयोजन गर्न लागेको हो । एसएलसी दिएर बसेका विद्यार्थी लक्षित गरेर प्रतियोगिता आयोजना गरेको इभेन्टकी अध्यक्ष सञ्चिता श्रेष्ठले बताइन् । दुवै प्रतियोगिताको फाइनल १८ असारमा राजधानीमा हुनेछ ।
17

Comments