पुननिर्माण कस्तो हुनुपर्छ ? यसबारे पोष्टर प्रतियोगिता
screennepal
प्रकाशित: २०७२, ३२ जेष्ठ सोमबार
no img

keshab foto

काठमाडौं । भूकम्पपछि राजधानीलगायत देशमा पुननिर्माणको चर्चा चलिरहेको छ । तर, पुननिर्माण त गर्ने ढाचा कस्तो हुने ? त्यो स्पष्ट छैन । यसैबेला पुननिर्माणसम्बन्धी पोस्टर प्रतियोगिता गरिएको छ । पोष्टर समाजमा चेतना फैलाउन बनाइने कलाको गहन माध्यम मानिन्छ । त्यसैले पोस्टर समाजमा जनचेतना फैलाउन या उत्पादनशील वस्तुको सहज प्रचार गर्न प्रयोग गरिन्छ । यही सन्दर्भमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयोजनमा नेपाल आर्ट काउन्सिलमा भूकम्पको कहरले पारेको जनजीवन र सम्पदाको पुनर्निर्माणका लागि कलाको भूमिका महत्वपूर्ण रहेको सन्देशसहित पोष्टर प्रतियोगिता गरेको छ । प्रतियोगितामा आर्ट नेपालका सम्पादक केशवराज खनाल प्रथम भएका छन् । नेपाली कलामा दुई दशकयता क्रियाशिल खनाल कार्टुनिष्ट क्लबका कोषाध्यक्ष समेत हुन् । गोरखापत्रमा कलाकारका रुपमा काम गर्ने खनाल कला लेखन तथा समीक्षामा समेत नेपाली कला क्षेत्रमा परिचित छन् ।

art foto
प्रतिष्ठान र ललितकलाकर्मीको हातेमालो अभियानले गरेको सो प्रतियोगितामा सिनियर र जुनियर गरी दुई समूह छुट्टाइएको थियो । सिनियरतर्फ केशवराज खनाल रु पाँचहजार राशीको पुरस्कारसहित प्रथम, राम बहादुर ठाडा तीन हजार सहित दोस्रो, विकास तामाखु रु दुई हजारसहित तेस्रो, विक्रम रसाइली र निमा दोर्जे गुरुङले रु एक हजारसहित सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै जुनियरतर्फ थिन्ले लामा पहिलो, लक्ष्मी मगर दोस्रो, आकाश विराजी तेस्रो भएका थिए भने विज्ञाता कार्की र मोहिता उप्रेतीले सान्त्वना पुरस्कार पाएका छन् । विपद्को शोकलाई उर्जामा बदल्ने संकल्पसहित गरिएको सो प्रतियोगिताको शीर्षक भने ‘लेस्टस् स्टार्ट’ राखिएको थियो । प्रतियोगिताको निर्णायकमा ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य लालकाजी लामा, कलाकार सञ्जय वान्तवा र शंकरराज सिंह सुवाल रहेका थिए ।

art foto-2

Comments