‘बुद्धका आँखा हेर सालिन् छन् अझै…’
screennepal
प्रकाशित: २०७२, २८ जेष्ठ बिहीबार
no img

बुद्धका आँखा हेर सालिन छन् अझै,
अटल हिमाल हाम्रा ढल्दैनन् कहिल्यै ।

madhu

मधु शाही

बैशाख १२ मा गएको विनाशकारी भूकम्पपछि थुप्रै गीत र म्युजिक भिडियो बने तर, माथि उल्लेखित गीतले ‘हामी नेपाली आतिँदैनौ, जस्तोसुकै विपत्तीलाई पनि सामना गर्न सक्छौ’ भन्ने भावना जागृत गरेको छ । नेपालीत्वसँगै जागरुक गराउने उक्त गीतको शब्दरचना पत्रकार मधु शाहीले गरेकी हुन् । यस गीतको म्युजिक भिडियो बिहीबार राजधानीमा एक समारोहबीच नेपाली संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उप कुलपति तथा संगीतकार शम्भुजीत बास्कोटाले सार्वजनिक गरे ।

madhu (3)
गायिका जुना प्रसाई र ज्योतिप्रकाश विकको स्वरले सजिएको यस गीतको भिडियो निर्देशन सञ्चारकर्मी अर्जुन के.आरले गरेका हुन् । यस गीतको संगीत चित्रकारसमेत रहेका ज्योतिप्रकाशले नै गरेका हुन् । म्युजिक भिडियो सार्वजिनक गरेपछि उपकुलपति बास्कोटाले भने, ‘गीतअनुसारको म्युजिक भिडियो बनेको छ । भूकम्पपछि थुप्रै गीत तथा म्युजिक भिडियो निर्माण भए, तर यस गीतको भिडियो प्रेरणादायिक छ ।’ बास्कोटाले मधुको गीत लेखनको तारिफसमेत गरेका थिए । पत्रकारबाट गीतकार बनेकी मधुले गीत लेख्ने आफ्नो कुनै ध्येय नभएको बताउँदै भनिन्, ‘यो गीतको अहिलेको माहोलले सिर्जना गरेको हो । वास्तवमा म गीतकार होइन, पत्रकार नै हुँ ।’ आफ्नो पहिलो प्रयासमै तारिफ पाएपछि आफूलाई गीत लेखनमा पनि हौसला मिलेको मधुले सुनाइन् ।
के.आर मल्टिमिडियाले निर्माण गरेको उक्त म्युजिक भिडियोमा दीपाश्री निरौला, दिपकराज गिरी, झरना थापा, निर्मला शर्मा ‘गैंडा’, जितु नेपाल, विनिता मरहठ्ठालगायत गीतकार मुधको पनि अभिनय हेर्न सकिन्छ । म्युजिक भिडियो हेरेपछि हास्य अभिनेत्री दीपाले भनिन्, ‘राष्ट्रियताको आवाज बुलुन्द गर्ने म्युजिक भिडियोमा मोडलिङ गर्न पाउँदा खुसी छु । यो म्युजिक भिडियो पत्रकार, कलाकार, चित्रकार र संगीतकार मिलेर बनाएकाले चमत्कार नै गर्छजस्तो लाग्छ ।’

madhu (2)
म्युजिक भिडियोका निर्देशक अर्जुनले गीतमा भूकम्पको सन्दर्भ जोडिएपनि भत्केको घर र संरचना नदेखाएको बताए । उनले भने, ‘धेरै भूकम्पबारे गीत बनाएर भत्केको संरचना र शवहरु देखाए । तर, यसरी भिडियोमा विध्वंस देखाउँदा अझ पीडाबोध हुन्छ भन्ने लागेर भत्कीएको संरचना नदेखाइएको हो ।’ कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति किरण मानन्धरलगायत विभिन्न कलाकारको उपस्थिति थियो ।

Comments