पुननिर्माणका लागि गायक गुरुङको भिडियो
screennepal
प्रकाशित: २०७२, २७ जेष्ठ बुधबार
no img

‘आउ एउटा मुस्कान हाँसौ हामी नेपाली
केबल मान्छे भई बाँचौ हामी नेपाल…’
भूकम्पसम्बन्धि विभिन्न प्रकारका गीतका दृश्य सञ्चार माध्यममा आइरहेका बेला गायक गोबिन्द गुरुङले पुननिर्माणलाई महत्व दिएर माथि उल्लेखित गीतको म्युजिक भिडियो ल्याएका छन् । शक्ति बल्लभको संगीतमा तयार गरिएको उक्त गीतलाई हरिहर तिमिल्सिनाले लेखेका हुन् । गीतको भिडियो सञ्चारकर्मी डब्बु क्षत्रीले निर्देशन गरेका हुन्, जसलाई रामशरण उप्रेतीले खिचेको हुन् भने श्याम कुँवरले सम्पादन गरेका छन् ।

Gobind Gurung

गोबिन्द गुरुङ, गायक

भूकम्पपीडितलाई सेवा गरेर हाँसो दिन र यो पीडाको घडीमा सक्दो सहयोग गर्न उक्त गीतबाट आग्रह गरिएको छ । भिडियोलाई आइतबारबाटै सबै नेपाली टेलिभिजनमार्फत रिलिज गरिएको छ । म्युजिक भिडियोमा गायक गुरुङसहित अभिनेता फुपु तेन्जिङ शेर्पा, मोडल अजय श्रेष्ठ, निर्माता लक्ष्मीप्रसाद ढकाल, इभेन्ट म्याजेमेन्ट हेमा मान्धरलगायतका विभिन्न व्यक्तिले विभिन्न स्थानमा भूकम्प पीडितलाई राहत दिएको तथा घर बनाइदिएको दृश्यहरु समेटिएको छ ।
अब सबै जना पुननिर्माणमा जुट्नुपर्ने भएकाले सबैलाई पुननिर्माणमा लाग्न प्रेरित गर्न आफूले यो गीत र म्युजिक भिडियो बजारमा ल्याएका गायक गोबिन्द गुरुङले बताए । सिभिल बैंकका सिनियर एक्सक्युटिभ अफिसरसमेत रहेका गायक गुरुङले आफ्नो स्वर र संगीतमा दुई ओटा गीति स्रंग्रह यसअघि बजारमा ल्याइसकेका छन् ।

Comments