कलाकार राईको निर्देशनमा पूर्वेली लोक गीत
screennepal
प्रकाशित: २०७२, २३ जेष्ठ शनिबार
no img

काठमाडौँ | नेपाली साँगीतिक बजारमा महा-भूकम्प संगै रोकिएको बजार अनि संगीत संग सम्बन्धित गतिविधिहरु बिस्तारै शुरु हुन थालेको छ | यसै क्रममा गीत रेकर्ड तथा म्युजिक भिडियो छायाँकनको कामहरु पनि फटाफट हुन थालेको छ |
purbeli2
केहि दिन अघि काठमाडौँको चोभारमा एक गीतको म्युजिक भिडियो छायाँकन भैरहेको थियो | हास्य कलाकार तथा निर्देशक पार्वंन राईको निर्देशन तथा मनिधन राईको नृत्य निर्देशनमा मोडेल निर्भिक राई र निकिता चोम्बाङले अभिनय गरिरहेको म्युजिक भिडियोलाइ फोटो पत्रकार नबिन गुरुङले छायाँकन गरेका छन् |
purbeli
पुर्बेली लोक भाकामा आधारित डाडै डाँडा हिड्दा खेरि हावै सरर बोलको राम्राइलो उक्त गीतमा भने गायक राजेश पायल राई र कला किराँतीको स्वर रहेको छ|

लालमन राईको शब्दलाई संगीतकार सुमन राईले लयबद्द गरेका हुन् | निर्देशक पर्वंन राइका अनुसार यस गीत गाउँले माया प्रेम अनि संस्कृति संग जोडिएको गीत संगीत हो |उनले यस गीतलाई सक्दो न्याय गर्दै उत्कृष्ट म्युजिक भिडियो बनाउने प्रयास गरेको बताए |

purbeli1

Comments