सम्पदाको पोखरामा हल्का हल्का माया
screennepal
प्रकाशित: २०७२, १९ जेष्ठ मंगलवार
no img

काठमाडौँ | महा-भूकम्पको त्रास पछि बिस्तारै जनजीवन सामान्य बन्दै गैरहेको छ | बिस्तारै भूकम्पको त्रास हड्दै जाने क्रममा नेपाली मनोरञ्जन क्षेत्रमा पनि केहि सहजीकरण देखिदै गएको छ | फिल्म सुटिङ् देखि म्युजिक भिडियो निर्माणको काम बिस्तारै शुरु भैरहेको छ |
halka-halka--(13)
भूकम्पले गर्दा रोकिएको गायक शिव परियारको स्वरमा रहेको हल्का हल्का माया बस्यो बोलको गीतको म्युजिक भिडियो शुटिङ भर्खरै पोखरामा सम्पन्न भएको छ |

श्रीधर पौडेलले निर्देशन तथा छायांकन गरेको यो म्युजिक भिडियोमा मोडेल सम्पदा बानियाँ र गीतकार मिलन जलनले अभिनय गरेका छन् |
halka-halka--(11)
‘जलन’ एल्बममा समावेश यो गीतमा राजन इशानको संगीत संयोजन रहेको छ |भने गीतकार मिलन जलनको एकल शब्द रहेको जलन एल्बममा पांच वटा गीत संगीत रहेको छ |
halka-halka--(19)

Comments