अगस्टमा स-यो ‘मिस मंगोल’
screennepal
प्रकाशित: २०७२, १९ जेष्ठ मंगलवार
no img

काठमाडौं । एक्सन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा हुँदै आएको ‘मिस मंगोल नेपाल’ को सातौं संस्करण महाभूकम्पले निम्त्याएको विपत्तीका कारण पछि सरेको छ । ‘मिस मंगोल नेपाल–२०१५’ ३० जेठमा हुने तय भएको थियो । आवेदन आव्हान गरी अडिसनबाट २८ जना अन्तिम प्रतिष्पर्धाका लागि छनोट भएका थिए । प्रतियोगिता स्थगीत भएकाले छनोटमा परेका केही प्रतियोगीले भाग लिन नसक्ने भएपछि पुनः आवेदन आव्हान गरी आगामी अगस्टमा प्रतियोगीता हुने आयोजक संस्थाकी प्रबन्ध निर्देशक चन्दा घिसिङले बताइन् ।

miss m

गत वर्षको मिस मंगोमंगोल प्रतियोगिताका विजेता

यसअघि मिस मंगोल आयोजना हुँदै आएको भद्रकालीस्थित आर्मी अफिसर्स क्लव र कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठान दुवै हलमा भूकम्पले क्षति भई अनिश्चितका लागि बन्द भएकाले पनि प्रतियोगिता आयोजनामा कठिनाई भएको जनाइएको छ । नेपाली सौन्दर्य प्रतियोगीतामा आफ्नै पहिचान बनाएको प्रतियोगितामा १६ देखी २४ वर्ष उमेर समुह, घटीमा एसएलसी पास एवं पाँच फिटभन्दा बढी उचाई भएका आदिवासी जनजातीसमुदायका अविवाहित युवतीले भाग लिन पाउने छन् ।
नेपालमा पहिलोपटक विजेतालाई एक लाख रुपैयाँ पुरस्कार दिन थालेको यस प्रतियोगितालाई सुन्दरता, बौद्धिकता र संस्कृतीबीचको फ्युजनका रुपमा लिइएको छ । विजेता छनोट प्रक्रियालाई बैज्ञानिक र सान्दर्भिक बनाउन २५ प्रतिशत एसएमएस भोटिङ, २५ प्रतिशत ट्यालेन्ट सो र ५० प्रतिशत अन्तिम प्रतिष्पर्धाका दिन प्रतियोगीको प्रस्तुतीलाई आधार बनाइँदै आएको छ ।
प्रतियोगीतामा विभिन्न जातीय सौन्दर्य प्रतियोगीताका विजेतालाई विना अडिसन सहभागी गराइने आयोजकले जनाएको छ । त्यसैगरी, यसवर्षदेखी सर्टकट इन्ट्रीमार्फत मिस ट्यालेन्ट र पब्लिक च्वाइस उपाधी विजेताले उत्कृष्ठ १५ मा सिधै प्रवेश पाउने भएका छन। प्रतियोगीलाई कोरियोग्राफर रोजिन शाक्यले एक महिना प्रशिक्षण दिने छन् । प्रशिक्षणमा प्रतिभा प्रस्फुटन, आत्माविश्वास अभिवृद्धि, व्यत्तित्व विकासदेखी मौलिक कला, संस्कृती, भाषा, भेषभुषा आदिका बारेमा जानकारीमुलक कक्षा समेत दिइने छ । यसअघि सृष्टि राजकर्णिकार, वर्षारानी गुरुङ, सुम्निमा देवान, सपना रोकामगर, मुस्कान लिम्बु र एनिस्ता गुरुङले शीर्ष उपाधी चुमिसकेका छन्।

Comments