मिस र मिस्टर एसएलसीको प्रशिक्षण सुरु
screennepal
प्रकाशित: २०७२, १७ जेष्ठ आईतवार
no img

IMG_4833

काठमाडौ । महाभूकम्पको त्रास्दी विस्तारै मनमस्तिकबाट हट्दै गएको छ । बैशाख १२ र २९ गतेमा गएको विनाशकारी भूकम्प र त्यसपछि निरन्तर आइरहेको पराकम्पनले जनमानसमा एक किसिमको त्रास थियो । तर, विस्तारै पराकम्पन न्युन हुँदै गएपछि सर्वसाधारण आ–आफ्नो नियमित काममा फर्कन थालेका छन् । यसैक्रममा बैशाख १२ अघि सुरु गरिएका सौन्दर्य प्रतियोगिता ‘इभेन्ट’ हरु पनि सल्बलाउन थालेका छन् ।

IMG_4818

‘मिस एलएलसी नेशनल’

‘मिस एलएलसी नेशनल’ र ‘मिस्टर एसएलसी नेपाल–२०१५’ को नियमित प्रशिक्षण सुरु भएका छन् । १२ बैशाख शनिबारको दिन ‘मिस एलएलसी नेशनल’ का प्रतियोगीहरु बागबजारस्थित तस्बिर स्टुडियोमा फोटोसुटमा व्यस्त थिए । तर, अचानक आइपरेको प्रकृतिक विपत्तिसँगै प्रतियोगिता रोकिएको थियो । युहान इभेन्ट इन्टरनेशनलले आयोजना गरेको ‘मिस एलएलसी नेशनल–२०१५’ मा एसएलसी दिएका बसेका ३० छात्रा स्पर्धा गरिहेका छन् । महाभूकम्पको त्रास्दी हट्दै गएको र परिस्थितिलाई सामान्य अवस्थामा फर्काउन प्रतियोगीहरुलाई प्रशिक्षण दिन सुरु गरेको आयोजक संस्था युहानका प्रबन्ध निर्देशक सानु खानले बताए । उनका अनुसार यस्ता प्रशिक्षणले प्रतियोगीहरुको मनमा उत्पम्न भूकम्पको त्रासलाई कम गर्न  थप टेवा पुग्ने छ ।

IMG_4827

‘मिस्टर एसएलसी नेपाल–२०१५’

यस्तै, ‘मिस एलएलसी नेशनल’सँगै ‘मिस्टर एसएलसी नेपाल–२०१५’ को प्रतियोगीहरुको पनि प्रशिक्षण सुरु गरिएको छ । यी दुवै प्रतियोगिता युहानले पहिलोपटक आयोजन ागर्न लागेको हो । ‘मिस्टर एसएलसी नेपाल–२०१५’ मा एसएलसी दिएर बसेका २१ जना छात्रले स्पर्धा गर्दैछन् । दुवै प्रतियोगिताका प्रतियोगीहरुलाई कोरियोग्राफर रोजिन शाक्यले तीकुनेस्थित ग्रीन क्याफेमा विभिन्न व्यक्तित्व विकासबारे प्रशिक्षण दिइरहेका छन् । प्रतियोगितामा विजेता बन्नेलाई प्लस–टुमा फूल स्कलरशीप प्रदान गरिने आयोजक सस्थाकी अध्यक्ष सञ्जिता श्रेष्ठले बताइन् । उनका अनुसार प्रतियोगितामा सहभागी मात्र जनाउनेहरुलाई पनि ३० प्रतिशत छात्राबृत्ति पाउनेछन् । दवै प्रतियोगिताको फाइनल आगामी असार १८ गते राजधानीस्थित राष्ट्रिय नाचघर जमलमा हुनेछ ।

IMG_4800

Comments