आफ्नै खर्चमा गायक बिजय लामाले बाँडे त्रिपाल
screennepal
प्रकाशित: २०७२, ६ जेष्ठ बुधबार
no img

चर्चित गायक विजय लामाले महाभूकम्पमा परि घरबार बिहिन भएका काभ्रे साँगा खल्चोकका स्थानीयलाई अस्थाई बासस्थान निर्माणको लागी त्रिपाल वितरण गरेका छन् |
bijaya lama
साँगा खल्चोकका स्थानीय युवासमुहको उपस्थितिमा काठमाडौँमै एक कार्यक्रमको आयोजना गरि उनले गाउँलेहरुलाई आफ्नै खर्चमा त्रिपाल प्रदान गरेका हुन्| गायक लामाका अनुसार यो त्रिपाल वितरणमा कुनै पनि संघ संस्थाको लगानी रहेको छैन | गायक लामाले त्रिपाल उपलब्ध गराए पछि स्थानीय युवाहरुले खुशी ब्यक्त गरे | विपतमा गाउँलेको सेवा गर्न पाउँदा आफुलाइ निकै खुशी लागेको गायक लामाले स्क्रिननेपाललाइ बताए|

Comments