भुवनले सुमित्रालाई सिउरी दिए मायाको फूल
screennepal
प्रकाशित: २०७२, २८ बैशाख सोमबार
no img

काठमाडौं । पछिल्लो समय ‘मायाको फूल टिपी सिउरी दिउँकी मायालु’ गीतमार्फत चर्चामा रहेका गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईले सुमित्रा राईलाई  मायाको फूल सिउरी दिएका छन् अर्थात् भुवनले सुमित्रालाई जीवनसाथीका रुपमा अँगालेका छन् । ६ वर्ष लामो प्रेमसम्बन्धलाई भुवन र सुमित्राले गत २६ बैशाखमा विवाहमा परिणत गरेका हुन् । उदयपुर बसाहास्थित सवाली टोलका गायक भुवनले आफ्नै जन्म घरमा धुमधामका साथ सुमित्रालाई भित्राएका हुन् ।

bhuwan
इलाम, लक्ष्मीपुरकी सुमित्रा सन् २००७ देखि अमेरिका बस्दै आएकी छन् । भुवन र सुमित्राको पहिलो भेट भने इटहरीमा भएको थियो । गायक भुवनले भने, ‘६ वर्षअघि कार्यक्रमको सिलसिलमा इटहरी जाँदा सुमित्रासँग पहिलोपटक भेट भएको थियो । सो भेटपछि हामी नजिकिएका हौं ।’ दुवैको मन र तन मिलेपछि विवाह गरेको सुमित्राले बताइन् । सुरुमा सुमित्रा भुवनका फ्यान थिइन् । फ्यानलाई जीवनसाथी बनाउन पाउँदा खुसी लागेको सुमित्राले बताइन् ।

11259005_962679597099068_940334041_n
२०६० सालमा ‘तिम्रो माया’ नामक आधुनिक एल्बम ल्याएर गायनमा होमिएका भुवनले ५ सोलो एल्बम ल्याइसकेका छन् । दोस्रो एल्बम २०६५ मा ‘सजेसन’ निकालेपछि एकाएक चर्चामा आएका भुवनले जब चर्चित संगीतकार आलोकश्रीको सोलो संगीतमा ‘मायाँको फूल’ एल्बम ल्याए । ‘मायाँको फूल’ श्रोताले निकै रुचाए पनि । पछिल्लो समय ‘बदनाम’ नामक चौथौं एल्बम ल्याएका उनी ‘सम्मान’ ल्याउने तयारीमा छन् । ‘सम्मान’ एल्बमको तयारीसँगै विभिन्न कन्सर्टमा व्यस्त भुवन लगनगाँठो कसेसँगै अब केही समय हनिमुनमा रमाउने भएका छन् । पश्चिम नेपाल र भारतको सिक्किम घुमेर हनिमुन मनाउने योजना बनाएको उनले सुनाए ।

Comments