ब्याचलर राजेशपायलसँग युवती (फोटोफिचर)
screennepal
प्रकाशित: २०७२, ६ बैशाख आईतवार
no img

Rajesh payal rai (4)

Rajesh payal rai (5)

Rajesh payal rai (14)

काठमाडौं । गायक राजेशपायल राई नेपाली सांगीतिक क्षेत्रका लागि जति चर्चित र भर्सटायल छन्, उत्ति नै युवतीमाझ पनि । यो कुरा उनको फेसबुक पेजमा राखिएका ‘शेल्फी’ र ‘कपल’ तस्बिरले पनि स्पष्ट पार्छ । गायक राजेशपायल जहाँ गएपनि उनका पछि युवती लागेकै हुन्छन् । सायद, ब्याचलर भएकै कारण पो होकि ? उनका फ्यानको त कुरै छाडौं, सेलिबे्रटी नेपाली अन्य भनिएकाहरु पनि राजेशपायलसँग ‘शेल्फी’ खिच्न मरिहत्ते नै गर्दारै’छन् ।

(यहाँ केही तस्बिर हेर्नुस्)

Rajesh payal rai (13)

। केही समयअघि बहराइन जाँदा अभिनेत्री केकी अधिकारीले राजेशपायलसँग ‘शेल्फी’ पोज दिएकी थिइन्, जुन शेल्फीले तहल्का नै मच्चायो । प्रायः विदेशकै कार्यक्रममा व्यस्त हुँदै गरेका राजेशपायल नयाँ वर्षका अवसरमा एक कार्यक्रमका लागि कतार पुगे । त्यहाँ पनि उनी युवतीसँगै तस्बिरमा देखिए । नयाँ वर्षको अवसरमा कतारमा रहेका नेपालीलाई मनारञ्जन प्रदान गर्न राजेशपायलसहित एक दर्जनभन्दा बढी कलाकार कतार पुगेका हुन्, जहाँ राजेशपायल हिरो देखिए । हुन त उक्त टोलीमा नेपाली चलचित्र क्षेत्रका ‘महानायक’ राजेश हमाल पनि थिए ।

Rajesh payal rai (6)

Rajesh payal rai (12)
कार्यक्रमका लागि पुर्वमिस नेपाल माल्भिका सुब्बा, सुस्मा कार्की, प्रियंका कार्की, नृत्य निर्देशक तथा मोडल शंकर बिसी, नृत्यांना रश्मी तामाङ, इन्दिरा जोशी, हास्य कलाकार विल्सनविक्रम राई, ‘तक्मे बुढा’, गायिका चन्दा अर्याल, मिलन लामा, भोजपुरी नायिका तथा नृत्यांना डली सरकार, मैथिली गायक आभाष लाभ, गायिका सुनिता शाहलगायत कलाकारले कतारमा नयाँ वर्ष २०७२ को अवसरमा तहल्का मच्चाएका छन् ।

Rajesh payal rai (7)

Rajesh payal rai (10)
कतार पुग्नेवित्तिकै राजेशपायलले आफ्नो फेसबुकमा युवतीसँगको तस्बिर अपलोड गरे, जुन तस्बिरमा पूर्वमिस नेपाल माल्भिका सुब्बालगायत छिन् । सेलिब्रेटीका पनि सेलिबे्रटी विशेषगरी महिला वर्गका लागि राजेशपायल चर्चित बनेका छन् ।

Rajesh payal rai (9)

एक वर्षको अन्तरालमा अमेरिकामा मात्र १७ वटा एकल सो गर्न भ्याएका राजेशपायलले त्यहाँ पनि थुप्रै शेल्फी पोज दिएका थिए । उनकै भनाइलाई आत्मसाथ गर्ने हो भने, ‘आई लभ यु’ भन्ने शब्द ‘चिया खायौ ?’ भनेजस्तै हुन थालेको छ । हुन पनि जहाँ गए नि ‘आई लभ यु’ भन्नेहरु उनका पछि लाइनमा हुन्छन् । कतिको सुन्ने ‘आई लभ यु’ । बिहे नगरेसम्म राजेशपायललाई अझै कति युवतीले ‘आई लभ यु’ भन्ने हुन् ?

हेर्नुस तस्बिर आफै बोल्छ । तस्बिरहरु राजेशपायलकै फेसबुकबाट

Rajesh payal rai (8)

Comments