नयाँ वर्षको पूर्वसन्ध्यामा आयरल्याण्डमा सुनिता
screennepal
प्रकाशित: २०७१, ३० चैत्र सोमबार
no img

sunita dulal (4)

काठमाडौं । चर्चित लोकगायिका सुनिता दुलाल नयाँ वर्ष २०७२ को पूर्वसन्ध्यामा आयरल्याण्डको एक सांगीतिक कार्यक्रममा उपस्थित भइन्, जहाँ उनले आफ्ना गीतमात्र प्रस्ुतत गरिनन् । त्यहाँ रहेका नेपालीमाझ नेपाली नयाँ वर्षको शुभकामनासमेत आदान प्रदान गरिन् । उनी ‘कोर्क नेप्लीज कम्युनिटी आयरल्याण्ड’ले आयोजना गरेको ‘नयाँ वर्ष सेलिब्रेसन’ कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेकी हुन् । प्रायः विदेशकै कार्यक्रममा व्यस्त हुँदै आएकी सुनिताले अनलाइनमा कुरा गर्दै भनिन्, ‘अहिले म आयरल्याण्डमा छु । नयाँ वर्ष सेलिब्रेसन कार्यक्रमका लागि यहाँ आएकी हुँ ।

sunita dulal (1)

कार्यक्रम भव्य र सभ्य रुपमा भएको छ । यहाँ रहेका नेपालीहरुको सहयोग र साथले उत्साहित छु ।’ उनले नेपाली नयाँ वर्षको अवसरमा आफ्ना फ्यान तथा शुभचिन्तकलाई शुभकामना समेत दिएका छन् । ‘म जहाँ रहेपनि नेपाली दाजुभाई तथा दिदी–बहिनी र मेरो शुभचिन्तकलाई नयाँ वर्ष २०७२ को शुभकामना’ उनले अनलाइनबाटै भनिन्, ‘नयाँ वर्षसँगै सम्पूर्ण नेपालीशुभ रहोस् ।’

sunita dulal

Comments