प्रिन्साले माफी माग्दै भनिन्, ‘मिस अर्थ मै हुँ’
screennepal
प्रकाशित: २०७१, २४ चैत्र मंगलवार
no img

काठमाडौं । ‘मिस नेपाल–२०१४’की ‘मिस अर्थ’ प्रिन्सा श्रेष्ठले आयोजक संस्था हिडेन ट्रेजरसँग माफी मागेकी छन् । अनुशासनमा तोढेको भन्दै ‘द हिडेन ट्रेजर’ले आइतबारदेखि उनको ताज खोसेको घोषणा गरेको थियो ।

pp
हाल इजिप्टमा रहेकी प्रिन्साले आफ्नो ताज खोसिएपछि थाह पाएपछि माफी माग्दै निर्णय सच्चाउन पनि हिडेन ट्रेजरसँग फेसबुकमार्फत आग्रह गरेकी छन् । प्रिन्साले आफ्नो फेसबुक एकाउन्टमा स्टाटस लेख्दै आफूले प्राप्त गरेको क्राउनप्रति क्षमताले भ्याएसम्म न्याय गरेको बताएकी छन् । उनले लेखेकी छन्, ‘अहिले पनि इजिप्टमा क्राउनमा मोती थपिरहेकी छु ।’
इजिप्ट जाुनअघि आयोजक संस्थालाई खबर नगर्नु आफ्नो गल्ती भएको उनले स्वीकारेकी छन् । उनले ताज खोस्ने कदमबाट आफू दुःखी भएको बताउँदै आफ्नो मनसाय गलत नभएको उनल बताएकी छन् । उनले संसारभर नेपाल र आयोजक संस्थालाई प्रतिनिधित्व गरिरहेकाले निर्णय सच्चाउन आग्रह अनुरोद्ध गरेकी छन । प्रिन्साले ‘मिस अर्थ’ मा भाग लिइसकेकाले आफू नै ‘मिस अर्थ’ रहने पनि उल्लेख गरेकी छन् । द हिडेन ट्रेजरले प्रिन्साले अनुमति नलिइ ‘मिस इको’ मा भाग लिन इजिप्ट गएकाले कारबाही गरेको जनाएको छ ।

प्रिन्साले फेसबुकमा अपडेट गरेको स्टाटस

prinsha-letter

Comments