‘नेपाली दोहोरी साँझ’ ले जित्यो ७७ हजार र रनिङ शिल्ड
screennepal
प्रकाशित: २०७१, २३ चैत्र सोमबार
no img

काठमाडौं । राजधानीमा आयोजित अन्तरदोहोरी साँझ स्तरीय रोयल शुज दोहोरी गीत रनिङ शिल्ड ‘नेपाली दोहोरी साँझ बसपार्क’ ले जितेको छ । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्वारा आयोजित तीन दिने प्रतियोगितामा ‘नेपाली दोहोरी साँझका कलाकारले उत्कृष्ट प्रस्तुति दिँदै प्रथम स्थान हासिल गरेका हुन् । प्रथम स्थान हासिल गरेवापत ७७ हजार ७ सय ७७ रुपैयाँ नगदसहित रनिङ शिल्ड पाएको छ । यस दोहोरीले उक्त रनिङ शिल्ड आफ्नो दोहोरी साँझमा ६ महिनासम्म सजाएर राख्ने र त्यसपछि प्रतिष्ठानलाई फिर्ता गर्ने छ ।

folk music7
त्यस्तै, बाग्लुङ कालिका दोहोरी साँझ बसपार्कले दोस्रो स्थान हासिल गर्दै नगद ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ भने लजालु दोहोरी साँझ बिजुलीबजारले तृतीय स्थान हासिल गरे ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गरेको छ । त्यसैगरी, उत्कृष्ट गायकका रुपमा राजु केसी र उत्कृष्ट गायिकामा डिला विक घोषित भए । उत्कृष्ट भेषभुषाको सम्मान मायालु दोहोरी साँझले प्राप्त गरेको छ । कलाकारको अनुशासनमा पुरुषतर्फ रिमझिम दोहोरी साँझका श्रीराम अधिकारी र लजालु दोहोरीकी चिनु घर्तीले उत्कृष्ट अनुशासन महिलातर्फको सम्मान पाइन् । ७ हजार ७ सय ७७ रुपैयाँ राशिको पृथ्वी थकाली दोहोरी सम्मानबाट गायिका हरिमाया रायमाझी बुटवल, गायक चिजकुमार गुरुङ, लजालु दोहोरी साँझ र बबिता बानियाँ जेरी छहारी दोहोरी साँझले सम्मानित भएका छन् । लोकदोहोरी पारखी पृथ्वी थकालीले आफ्नो व्यक्तिगततर्फबाट आफूलाई उत्कृष्ट लागेका तीनजना कलाकारलाई यो नगद राशिसहितको सम्मान प्रदान गरेका हुन् । अन्तरदोहोरी साँझहरुको यस रनिङ शिल्डमा २७ वटा दोहोरी साँझहरु सहभागी रहेका थिए भने फाइनलमा ७ खेल अर्थात् १४ टिमले प्रतिस्पर्धा गरेका थिए ।

Comments