विष्णु बनिन् नयाँ ‘मिस लिम्बू’
screennepal
प्रकाशित: २०७१, २३ चैत्र सोमबार
no img

काठमाडौं । ‘बराह ज्वर्लरी मिस लिम्बू’ को ताज विष्णु चेम्जोङले चुमेकी छन् । याक्थुङ युथ एशोसिएसनले आइतबार राजधानीमा आयोजना गरेको प्रतियोगिताको तेस्रो संस्करणमा आफ्ना १७ स्पर्धीलाई उछिन्दै विष्णुले ताज पोल्टामा पारेकी हुन् । ‘मिस बेष्ट स्माइल’को अवार्डसमेत हात पारेकी विष्णुले ताजसँगै नगद ५० हजार रुपैंयाँ पनि प्राप्त गरिन् ।

miss limbu
त्यस्तै, प्रतियोगितामा मेरिना चेम्जोङ फष्ट, संगमा खापुङ सेकेण्ड रनरअप बन्दै क्रमशः नगद २५ हजार र १५ हजार प्राप्त गरेका छन् । संगमाले ‘मिस पंचुअल’ विधाको अवार्ड पनि जितिन् । प्रतियोगितामा सिर्जना लिवाङ चौथो र आङसाङ इस्पो पाँचौं बनिन् । सिर्जनाले ‘मिस पर्सनालिटी’ विधाको अवार्ड पनि जितिन् । विधागत अवार्डतर्फ स्मेना आवाजुङ ‘बेष्ट ड्रेस’, अनिशा बोखिम ‘मिस चार्मिङ’, कल्पना स्पो ‘मिस ट्यालेन्ट’ घोषित भए । प्रतियोगीलाई जयनसुब्बा मानन्धरले कोरियोग्राफी गरेकी थिइन् ।  प्रतियोगितामा पूर्वमिस नेपाल इशानी श्रेष्ठ, चलचित्र निर्देशक सुरज सुब्बा ‘नाल्बो’, उदय सुब्बा, रमेशचन्द्र राई, कलाकार प्रेम सुब्बा, गायक नरेन लिम्बू, गायिका अभया सुब्बा र ग्ल्यामर फोटोग्राफर कमल श्रेष्ठ निर्णायक मन्डल रहेका थिए । प्रतियोगितामा गायक कुशल थलङ र भीम लिम्बूले सांगीतिक प्रस्तुती दिएका थिउ ।

Comments