‘बगैंचा नाइट’मा धुम मच्चाउँदै नेपाली कलाकार
screennepal
प्रकाशित: २०७१, १९ चैत्र बिहीबार
no img

काठमाडौं । शुक्रबार हङकङस्थित अडिटोरियम युएन लङ थिएटरमा हङकङको समयअनुसार साँझ साढे ७ बजे नेपाली कलाकारले सांगीतिक धुम मच्चाउँदै छन् । त्यसका लागि बिहीबार एक कलाकार टोली नेपालबाट त्यसतर्फ प्रस्थान गरेको छ ।

milan (1)

हङकङ प्रस्थान गर्नअअघि एयरपार्टमा कलाकार टोली

किरात राई एसोसिएसन हङकङले आयोजना गर्न लागेको सांगीतिक कार्यक्रममा सहभागी हुन पछिलो समयकी चर्चित गायिका मिलन अमात्य, गायक कुबेर राई, हास्य कलाकार विल्सनबिक्रम राई ‘तक्मेबुढा’, केदार घिमिरे ‘माग्नेबुढा’, चर्चित नृत्यांगना पार्वती राई, नेपाली तारा सिजन–३ का फस्ट रनरअफ देबेश राई र कार्यक्रम सञ्चालिका सेष्टि सुनुवार त्यसतर्फ प्रस्थान गरेका छन् । ‘बगैंचा नाइट हङकङ–२०१५’ नाम दिइएको उक्त सांगीतिक कार्यक्रममा गायिका मिलनले आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्नेछिन् भने पार्वतीले आफ्नो लचक्दार कम्मर मर्काएर त्यहाँ रहेका नेपालीलाई मनोरञ्जन प्रदान गर्ने भएकी छन् । कार्यक्रममा यसपटक तक्मेबुढा र माग्नेबुढाले नयाँ तवर हास्य ब्यंग्य प्रस्तुत गर्दैछन् ।

Comments