संगीता भइन् ‘संस्कृति सुन्दरी’ (फोटोफिचरसहित)
screennepal
प्रकाशित: २०७१, १७ चैत्र मंगलवार
no img

miss nepal culture (3)

काठमाडौं । विभिन्न जातजातीको कला, संस्कृति उजागर तथा प्रवद्र्धन गर्ने हेर्तुले आयोजित ‘मिस नेपाल कल्चर–२०१५’ को उपाधि असनकी संगीता नापितले चुमेकी छन् । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सोमबार राति अबेर सम्पन्न प्रतियोगितामा आफ्ना १८ जना स्पर्धीलाई पछि पादै संगीताले उपाधि चुम्न सफल भएकी हुन् । मोडलिङमा रुचि राख्ने संगीताले उपाधिसँगै उच्च शिक्षाका लागि फूलस्करशीप पाउने आयोजकले जनाइएको छ । साथै, संगीतले एयर होस्टेज प्रशिक्षणका लागि फ्लाइटेकबाट पूर्ण छात्राबृत्ति पाएकी छन् ।

miss nepal culture (5)
युहान इभेन्ट इन्टरनेशनलद्वारा पहिलोपटक आयोजित कल्चरल सौन्दर्य प्रतियोगितामा याश्मीन राई फस्ट रनरअप र ज्ञाता न्यौपाने सेकेन्ड रनरअप भए । उनीहरुले ताजसँगै विभिन्न गिफ्ट ह्याम्पर पाए ।

miss nepal culture
मोडल हसन खान, फ्लाइटेकका प्रबन्ध निर्देशक नाजिर हुसैन, अभिनेत्री सुरक्षा पन्त, विकास घले र श्रीप्रसाद बास्टकोटी निर्णायक मन्डल रहेको प्रतियोगितामा विभिन्न सब–टाइटल पनि प्रदान गरिएको थियो, जसअन्र्तगत, सोनम घिमिरे मिस क्याटवाक, सुप्रिया शाह बेस्ट पर्सनालिटी, नमिता लिम्बू मिस मल्टिमिडिया र बोन्नी दाहालले क्लचर एम्बेसडरको सब टाइटल उपाधि पाए ।

miss nepal culture (2)
त्यस्तै, प्रतियोगितामा शर्मिला नेपाल भियर्स च्वाइज, कल्याणी सुवाल मिस ट्यालेन्ट, प्रतिभा दवाडी मोस्ट पपुलर र म्यानेजमेन्ट च्वाइजको उपाधि सिर्जना लामाले बताए । विभिन्न प्रतियोगितामा स्पर्धीहरु ढाका पहिरनमा प्रस्तुत भएका थिए । नेपाली ढाकाको प्रर्वद्धन गर्ने हेतुले प्रतियोगीलाई ढाका पहिरनमा उतारिएको आयोजक संस्थाका निर्देशक सानु खानले बताए ।प्रतियोगितामा गायक रोहित देवन र संगीतकार ताराप्रकाश लिम्बूले आ–आफ्नो प्रस्तुती पस्केर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । तस्बिर : तस्बिर स्टुडियो बागबजार

Comments