शितल स्वर लिएर आइन् शितल (फोटोफिचर)
screennepal
प्रकाशित: २०७१, ९ चैत्र सोमबार
no img
shital madem (5)

शितल मादेन लिम्बू, गायिका

काठमाडौं । गर्मी मौसम चढिरहेका बेला नेपाली गायन क्षेत्रमा शितल मादेन लिम्बू एकल गीति एल्बमका साथ आएकी छन् । शितलले लिम्बू भाषाको गीति एल्बम ‘तानाम’ अर्थात् बिहानी ल्याएकी हुन् । साथै, चाँडै नै नेपाली एल्बम पनि ल्याउने उनले बताइन् । शितलले भनिन्, ‘लिम्बू एल्बमको प्रमोसनसँगै नेपाली एल्बम ल्याउने सोचमा छु । हाल एल्बमको गीत रेर्कडिङ भइरहेको छ ।’
आफ्नो भाषा, संस्कृति र संस्कारलाई बचाइराख्न लिम्बू एल्बम निकाल्ने सोच आएको उनले बताइन् । उनले यही महिनाभित्रै एल्बम ‘तानाम’ श्रोतामाझ सुनाइन् । ‘तानाम’ अर्थात् ‘बिहानी’ का लागि गीत रेर्कडिङ कार्य भइसकेको सुनाउँदै भनिन्, ‘सबै तयारी भइसकेको छ । केही सातामै सार्वजनिक गर्दै छु ।’ एल्बममा आजेइन् किनिसुगर, सिङ्लुङ नु खाम्बेरक, केलम तगी, सिमिक्वान हाप्लो र च्याब्रुङ बोलमा गीत रहेका छन् । एल्बममा राजु आङ्देम्बेको एकल संगीत सुन्न सकिन्छ ।

shital madem (1)
शितल सानोमा तारादेवी र अरुणा लामालाई बढी सुन्थिन् । तारादेवीको ‘सोचेजस्तो हुन्न जीवन’ र अरुणाको ‘एक्लै बस्दा सम्झाना तिम्रो आइदिन्छ’जस्ता गीत सुन्दा उनलाई पनि गायिका बन्ने रहर पलाउथ्यो । एक दर्जनभन्दा बढी गीतमा माधुर्य स्वर दिइसकेकी शितल भन्छिन्, ‘सानोमा तारादेवी र अरुणा लामाका गीत गुनगुनाउँथे । र, एकदिन म पनि उहाँहरुजस्तै गायिका बन्छु भन्ने सपना बुनेँ । अहिले उहाँहरुजस्तै नभएपनि रहरचाहिँ पूरा गरेकी छु । तर, प्रयास जारी राख्ने छु ।’ तारादेवी र अरुणाको अनुशरण गरेकी शितलमा त्यै फ्लेभर पाइन्छ । गायन क्षेत्रमा शिखर चुम्ने लक्ष्यसहित संघर्ष गरिहरेकी उनी रोमान्टिकभन्दा सेन्टिमेन्टल रुचाउँछिन् । अहिलेसम्म जति गाइन्, सबै सेन्टिमेन्टल छन् । उनी भन्छिन्, ‘गीत भनेको भावनात्मक हुनपर्छ । मन नछुने गीतै होइन जस्तो लाग्छ ।’ गाउन मात्र नभई सुन्न पनि सेन्टिमेन्टल मन पर्ने उनले सुनाइन् ।

shital madem (2)
०६४ सालतिर तेह्रथुम सुदापबाट काठमाडौं छिरेकी शितलले छोटो समयमै गायनमा चिनाउन सफल भएकी छन् । उनी सम्झिन्छिन्, ‘आखिर मनैदेखि सोचेपछि पुग्दोरै’छ ।’ शितलले औपचारिक रुपमा गायन अँगालेको धेरै भएको छैन । तर, संगीत सिक्न थालेको भने करिब ७ वर्ष हुनैलाग्यो । ‘तिमी आउने बाटो हेरी’ बोलको गीत रेर्कड गराएर गायन पछ्याएकी शितल भन्छिन्, ‘गीत चर्चामा पनि आयो । तर, रेर्कडिङतिर ध्यान दिइनँ । सिक्नमै व्यस्त भएँ ।’ लुङ्माहिम माइलाको शब्द र कृष्णभक्त राईको संगीत रहेको ‘तिमी आउने बाटो हेरी’ गीत अहिले पनि सुनिँदै आएको छ ।

तस्बिर : शिवलाल श्रेष्ठ, द तस्बिर स्टुडियो बागबजार प्लाजा ।

shital madem (3) shital madem (4)

Comments