कट्रिना भन्छिन्, ‘सलमान मेरो जीवनको हिस्सा’
screennepal
प्रकाशित: २०७१, ४ चैत्र बुधबार
no img

मुम्बई । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता रणबीर कपुर अहिले डेटमा छन् । उनीहरुले बिवाह गर्ने तम्तयारी समेत गरिहेका छन् । कट्रिना–रणवीरको प्रेमलाई बलिउडमा ‘लभ बर्ड’ संज्ञा पाएको छ । तर, कट्रिनाले भने अहिले पनि ‘दबंग स्टार’ सलमान खानको तारिफ गर्न छाडेकी छैनन् । कुनै बेला सलमान–कट्रिनाबीच प्रेम सम्बन्ध रहेको चर्चा थियो । तर, कट्रिनाले एक कुसल साथी भन्दै सलमान नभएको भए बलिउडमा आफ्नो करिअर सम्भव नभएको बताएकी छन् ।

katrina
सलमानकै कारण मोडलिङ दुनियाँबाट बलिउड फिल्ममा इन्ट्री गरेकी कट्रिनाले भनिन्, ‘सलमान खान मेरो राम्रो साथी हुन् । उनकै कारण आज म बलिउडमा छु । उनी नभएको भए यो स्थानमा हुने सम्भव थिएन ।’ कट्रिनाले सलमानलाई आफ्नो गडफादर मान्छन् । हुनपनि सलमान नभएको भए उनका लागि बलिउड इन्ट्री सजिलो थिएन ।
नयाँदिल्लीमा आयोजित एक कार्यक्रममा कट्रिनाले सलमानको विषयमा खुलेरै बोलेकी थिइन् । उनले भनिन्, ‘सलमान मेरो जीन्दगी हो र मेरो फिल्मी करिअरको खास हिस्सा पनि । सलमान, उनका आमा–बाबु र उनकी बहिनी पनि मेरो राम्रो साथी हुन् । यो दुनियाँमा एकजनाको नाम लिनुपर्दा सलमानकै लिनु चाहन्छु ।’ उनले आफू जहाँ र जुनै स्थानमा भएपनि सलमान आफ्नो जीन्दगीको हिस्सा बनिरहने बताइन् ।
कट्रिना आफ्नो प्रोफेशनलभन्दा नीजि लाइफका बारेमा बढी चर्चामा छिन् । यो कुरा उनी पनि स्वीर्कािर्छन् । कट्रिना भन्छिन्, ‘म आफ्नो नीजि कुरा खोल्दिनँ किनकि, नीजि कुराले मलाई सधैं हैरान बनाउँछ । मेरो नीजि कुरामा मिडियाले बढी चासो दिएजस्तो मलाई लाग्छ ।’

Comments