आइपुगे शाहरुख, आकाशमैं होल्डमा राखिए आठ हवाइजहाज
screennepal
प्रकाशित: २०७१, २५ फाल्गुन सोमबार
no img

 बलिउड अभिनेता साहरुख खान काठमाडौं आएका छन् । एक पेन्ट्सको कार्यक्रममा भाग लिन खान सोमबार दिउँसो काठमाडौं आएका हुन् ।

शाहरुख खानको जहाज अवतरण गराउन त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलले ८ वटा एयरलाइन्सका जहाजलाई एक घन्टासम्म आकासमै होल्ड गराएको छ। दिल्ली र कोलकताबाट आएका एयर इन्डियाका जहाज, कुन्मिङबाट आएको चाइना इस्टर्न एयरलाइन्सको जहाज, आबुधावीबाट आएको इत्तेहादएयरवेजको जहाज, दिल्लीबाट आएको एयरवेज, दोहाबाट आएको कतार एयरवेज सहितका जहाजलाई विमानस्थलले ३ बजेदेखि आकासमै होल्ड गराइएको हो।005

बलिउड सुपरस्टार खानको सुरक्षालाई ध्यानमा राख्दै विमानस्थल गराइएको स्रोतले बतायो। ‘उनको जहाज ल्यान्ड गराउन ३ देखि साढे ३० बजेसम्म विमानस्थल बन्द गराउनु परेको हो’, विमानस्थल स्रोतले भन्यो। उडान र अनुमति रोक लगाउन प्रयोग गरिने ‘नो ट्याम’ सो समयमा त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलले जारी गरेको थियो। तस्बिर इकान्तिपुर डटकबाट
Comments