एकैसाथ निर्णयका दुई म्युजिक भिडियो (भिडियोसहित)
screennepal
प्रकाशित: २०७१, २३ फाल्गुन शनिबार
no img

nirnay

काठमाडौं । चर्चित -यापर निर्णय श्रेष्ठ ‘एनएसके’ले एकैसाथ दुई म्युजिक भिडियो सार्वजनिक गरेका छन् । ‘बी विथ यु’ र ‘ह्याप्पी बर्थ–डे’ बोलको आफ्ना गीतलाई निर्णयले म्युजिक भिडियो बनाएका हुन् । यी दुवै भिडियो विभिन्न टेलिभिजन च्यानल तथा यु–ट्युबमार्फत रिलिज गरिएको छ ।
‘बी विथ यु’ मा फिमेल भ्वाइसको फिचररिङ मार्सियाले गरेकी छन् भने भिडियोमा प्रमिला खालिङ राई र विशाल सेनले मोडलिङ गरेका छन् । त्यस्तै, ‘ह्याप्पी बर्थ–डे’ गीतमा अक्षताले निर्णयलाई साथ दिएकी छन् । यी दुवै म्युजिक भिडियोको निर्देशन शैलेन्द्र खोखाली र छायांकन श्रीधर पौडेलले गरेका हन् ।

https://www.youtube.com/watch?v=dklq6fjps3I&app=desktop

Comments