रेखाको ठाउँमा तीन हिरोइनको काउन्टर
screennepal
प्रकाशित: २०७१, १८ फाल्गुन सोमबार
no img

luteraफिल्म ‘लुटेरा’का लागि निर्माता गोपाल कायस्थले अभिनेत्री रेखा थापा फिट देखेका थिए । त्यसैले रेखालाई हिरोइनका रुपमा अघि पनि सारे । त्यतिबेला फिल्म खेल्न राजी भएकी रेखाले पछि ब्यस्तता देखाउँदै असमर्थता जनाइन् ।
कलाकार छान्ने प्रक्रियामैँ पर धकेलिरहेको ‘लुटेरा’को छायांकन सुरु भएको छ । सोमवार काठमाण्डौका पशुपति मन्दिरमा भएको शुभसाइतमा तीनटा हिरोइन घोषणा गरिएको छ । तीनटै अहिले गणनामैँ रहेको हिरोइन छन, प्रियंका कार्की, निशा अधिकारी र हर्षिका श्रेष्ठ ।

l2
नेकपा एमालेका सभासद् तथा फिल्मकर्मी रामबिर मानन्धरले क्ल्याप ठोकेर चलचित्रको शुभसाइत गरेका हुन् ।
फिल्म सविर श्रेष्ठले निर्देशन गर्ने भनिएपनि अन्त्यमा दयाराम दाहालको हातमा पुगेको छ ।
फिल्ममा भूमिकामा निखिल उप्रेती, सविन श्रेष्ठ,। एक गीत र केही दृश्यमा प्िरयंकाले अभिनय गर्ने निर्माता कायस्थको भनाई छ ।
प्रियंका केही गीत र दृष्यमा मात्रै देखिने छिन् । एक्सन जान्रामा आधारित वसन्त सापकोटाको संगीत, मौनता श्रेष्ठको कथा, शिव श्रेष्ठको छायांकन रहनेछ ।

Comments