‘कबड्डी कबड्डी’मा घुस्यो राजनीति
screennepal
प्रकाशित: २०७१, १० फाल्गुन आईतवार
no img

गत वैशाखमा रिलिज भएको फिल्म ‘कबड्डी’को सिक्वेल बन्ने भएको छ । शनिबार अनामनगरस्थित मण्डला थिएटरमा फिल्मको दोस्रो शृंखला ‘कबड्डी कबड्डी’ घोषणा गरियो । यसपल्ट फिल्ममा सौगात मल्ल थपिएका छन् । निर्देशक रामबाबु गुरुङले पहिलो भागमा उठाएको प्रेमकथामा राजनीतिक द्वन्द्वको रमरमी थपेर फिल्म तयार पार्ने जमर्को गरेको बताए ।
kabaddi‘कबड्डीमा प्रेमको सीमा नाघिएको थियो । यसपालि प्रेममा राजनीति घुसेको छ । ‘कबड्डी कबड्डी’ प्रेम र राजनीतिको भीडन्त हो,’ गुरुङले भने ।
अघिल्लो भाग खिचिएको ठाउँ र परिवेशमै दोस्रो भाग बन्नेछ । अघिल्लो भागका अभिनेता दयाहाङले पहिलो भागझैं दोस्रो भाग पनि हास्यप्रधान रहने जानकारी गराए ।
‘कबड्डी जस्तै कबड्डी कबड्डी पनि हास्य प्रधान फिल्म हुनेछ । आफ्नो प्रेम र उद्देश्य प्राप्तिका लागि लडिरहने पात्रहरु तथा तिनीहरुबाट सिर्जित परिस्थितिजन्य घटनाक्रमहरुले फिल्मलाई हा“सोमय बनाउने आशा गरेका छौं,’ दयाहाङ राईले भने ।
फिल्मलाई रामबाबु गुरुङले लेखेका हुन् । उनलाई लेखनमा कवि उपेन्द्र सुब्बाले सघाएका छन् । अघिल्लो भागमा महŒवपूर्ण भूमिकामा देखिएका राजन खतिवडा र निश्चल बश्नेत भने नयाँ शृंखलामा अटाएका छैनन् ।
सौगातसँगै माओत्से गुरुङ सिक्वेलमा थपिएका अनुहार हुन् । अघिल्लो भागमा रहेका रिश्मा गुरुङ, विजय बराल, बुद्धि तामाङ, अरुणा कार्की, पुष्कर गुरुङ, जुनु विष्ट, उपेन्द्र सुब्बाले निरन्तरता पाएका छन् ।
मुस्ताङमा ९५ प्रतिशत छायांकन हुने फिल्म यही फागुन २५ बाट सुरु हुनेछ । शैलेन्द्र डि कार्कीको छायांकन रहने फिल्मलाई निश्चल बस्नेतसँगै सुनिलचन्द्र रौनियार, रौनकविक्रम कँडेल, ओमचन्द्र रौनियार र अर्जुन कार्की मिलेर निर्माण गर्नेछन् । फिल्ममा निमेष श्रेष्ठको सम्पादन, कुमार महर्जनको द्वन्द्व र रोहित शाक्यको पाश्र्व संगीत रहनेछ ।

Comments