‘लिटिल मिस एन्जल’ मा २८ भिड्दै । अन्तिम स्पर्धा आइतबार
screennepal
प्रकाशित: २०७१, १ फाल्गुन शुक्रबार
no img

unnamed

काठमाडौं । कलश इभेन्ट्सद्धारा आयोजित ‘लिटिल मिस एन्जल– २०१५’ को तेस्रो संस्करणमा २८ बालिका अन्तिम स्पर्धामा भिड्दैछन् । विभिन्न विद्यालयबाट छानिएका १० वर्ष देखि १३ वर्ष उमेरका बालिकाहरू एक महिनायता सुन्धारास्थित थिएटर मलमा आत्मविकाससम्बन्धी तालिम गरिहेका छन् । उनीहरुलाई रोहिया महर्जन र सन् २०११ की मिस टिन नेपाल आस्था श्रेष्ठले कोरियोग्राफी गरिरहेका छन् ।

1 (1)
यसअघि प्रतियोगीले मिस इन्टेलिजेन्ट, मिस एकाडेमी, मिस इसिए, मिस क्रियटिभ, मिस सोसल सर्भिस, मिस एथलिट ट्यालेन्ट तथा कल्चरल सोमा प्रतिभा देखाइसकेका छन् । ‘लिटिल मिस एन्जल–२०१५’ को शीर्ष विजेताले १५ हजार रुपैया तथा विभिन्न गिफ्टह्याम्पर प्रदान गरिने आयोजक संस्थाका कार्यकारी अध्यक्ष रामेश्वर श्रेष्ठले बताए । उनका अनुसार फस्ट रनरअप र सेकेन्ड रनरअपले क्रमशः १० हजार र ८ हजार तथा ताज, ट्रफी तथा विभिन्न उपहारको प्रदान गरिने छ । कार्यक्रमको अन्तिम स्पर्धा ३ फागुनमा अर्थात् यही आइतबार राष्ट्रिय नाचघर जमलमा हुँदै छ ।

IMG_7524

IMG_7254

Comments