यातायात व्यवसायीद्वारा पत्रकार ढकाल सम्मानित
screennepal
प्रकाशित: २०७१, २१ माघ बुधबार
no img

काठमाडौं । सार्वजनिक यातायातमा हुने सकारात्मक व्यवहारको विषयमा समाचार लेखन गरेको भन्दै यातायात व्यावसायीले बुधबार (आज) पत्रकार विनोद ढकाललाई पुरस्कृत गर्दै सम्मान गरेको छ ।

binod dhakal

पत्रकार बिनोद ढकाल

काठमाडौंमा भएको संयुक्त यातायात संचालन समितिको १३ औं वार्षिक साधारणसभा तथा महाधिवेशनका अवसरमा ढकाललाई सम्मान गरिएको हो । पत्रकारिता क्षेत्रमा रहेर सार्वजनिक यातायातमा हुने सकारात्मक कामका विषयमा समाचार लेखेपछि उनलाई सम्मान गरिने भएको थियो । संयुक्त यातायात संचालन समितिका निवर्तमान अध्यक्ष सरोज सिटौलाले सम्मानको घोषणा गरेका थिए । पत्रकार ढकालसहित राम्रो व्यवाहार गर्ने गाडी चालक, परिचालक र राष्ट्रियस्तरका खेलाडीसहित दर्जन बढी सम्मानित भएका थिए ।
यसैबीच, संयुक्त यातायातले आफ्ना कर्मचारीहरुका लागि परिचयपत्रको पनि थालनी गरेको छ । कार्यक्रमबाटै सिटौलालगायत राष्ट्रिय यातायात व्यावसायी महासंघका अध्यक्ष दिनेश भण्डारीले परिचयपत्र वितरण गरेका थिए ।

Comments