शनिबार अन्तिम स्पर्धा । ३५ तामाङ सुन्दरीको ढुकढकी बढ्दै
screennepal
प्रकाशित: २०७१, १६ माघ शुक्रबार
no img

Sonam-losar32

काठमाडौं । ‘मिस तामाङ–२०१५’ का ३५ स्पर्धीहरुको प्रतिक्षाको घडी सकिँदै छ अर्थात् प्रतियोगीहरुको मुटुको धडकन बढ्दै छ । करिब एक महिनायता तामाङ कला, संस्कृति, भाषा, भेषभूषा र क्याटवाकलगायत आत्मविकाससम्बन्धी तालिम गरिरहेका तामाङ सुन्दरीहरु शनिबार अन्तिम स्पर्धामा उत्रन्दैछन् । उनीहरु कारियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा स्टेजमा देखिँदैछन् । ३५ मध्ये एक सुन्दरीले शनिबार ‘मिस तामाङ–२०१५’ को ताज पहिरिने छ ।
मिस तामाङका सुन्दरीहरु अन्तिम पाइनलको पूर्वसन्ध्या शुक्रबार ‘प्रि–जजिङ’ मा सहभागी भए । प्रायः अन्य सौन्दर्य प्रतियोगितामा ‘प्रि–जजिङ’ सिक्वेन्स राखिँदैन । तर, ‘मिस तामाङ’ ले यो क्याटगोरी राखेको छ । अन्तिम स्पर्धाका निर्णायकहरुसँग प्रतियोगीहरुलाई ‘प्रि–जजिङ’ मा परिचय गराइन्छ, जसले अन्तिम स्पर्धामा प्रतियोगीहरु प्रस्तुत हुन सहज हुने आयोजकको भनाइ छ । एभेष्ट फेसन होमद्वारा आयोजित यो मिस तामाङको ८औं संस्करण हो । कार्यक्रम राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने छ ।

Sonam-losar8

Comments