फ्राइडे रिलिजः देशभर ‘सम्बोधन’
screennepal
प्रकाशित: २०७१, १६ माघ शुक्रबार
no img

sambodhan

भदौमा रिलिज मिति तय गरिए पनि अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनका कारण सारिएको फिल्म ‘सम्बोधन’ शुक्रवार रिलिज  भएको छ ।
‘होस्टेल’, ‘जेरी’ जस्ता व्यावसायिक रूपमा सफल फिल्मका निर्देशक हेमराज बीसीको तेस्रो फिल्म हो । फिल्मको मुख्य विषय तरल राजनीतिक अवस्थामा सर्वसाधारणले भोग्ने कठिनाइ र उनीहरू जाग्न थालेपछि त्यसले निम्त्याउने परिणाम हो । कमेडी र रोमान्सलाई पनि फिल्ममा उत्तिकै महŒव दिइएको छ ।
फिल्ममा दयाहाङ राई, नम्रता श्रेष्ठ, विनय भट्ट र प्रशान्त ताम्राकारले मुख्य भूमिकामा अभिनय गरेका छन् । नम्रता पत्रकार, दयाहाङ र विनय सीआईबी अफिसर र प्रशान्त सचेत सर्वसाधारणको भूमिकामा छन् । राजनीतिमा सक्रिय युवा सरोज न्यौपानेले यो फिल्म निर्माण गरेका हुन् ।

Comments