टिनएर्जस सुन्दरीले कापी दिएर निर्णयसँग फोटो खिचे !
screennepal
प्रकाशित: २०७१, १२ माघ सोमबार
no img

काठमाडौं । चर्चित नेपाली -यापर निर्णय श्रेष्ठ ‘एनएसके’ सरस्वती पुजाका दिन राजधानीस्थित तीनकुनेको एक ब्याङ्क्वेटमा भेटिए, जहाँ उनले ‘मिस टिनएजर्स इन्टरनेशनल–२०१५’का प्रतियोगी सुन्दरीबाट कापी, कलमलगायतका शैक्षिक सामग्री लिए । तीन दर्जन टिनएजर्स सुन्दरीबाट प्राप्त गरेको करिब १० दर्जन कापी÷कलम देखाउँदै निर्णयले भने, ‘यो कापी कलम विकटका विद्यालयमा अध्ययनरत असाहय तथा गरिबका जेहेन्दार छोराछोरीसम्म पु-याउने छु ।’
निर्णयको प्रतिबद्धता सुनेर सुन्दरीहरु पनि खुसी भए । श्रीपञ्चमी अर्थात् सरस्वती पूजाको अवसर पारेर निर्णयको अभियानलाई सहयोग पु-याउन शैक्षिक सामग्री सहयोग गरेका उनीहरुले भने, ‘सबैले शिक्षा लिन पाउन् भन्ने हाम्रो पनि मान्यता हो । निर्णयको अभियानमा हाम्रो पनि प्रतिबद्धता छ ।’ र, उनीहरुले कार्यक्रमको अन्त्यमा निर्णयसँग फोटोसुट समेत गर्न भ्याए ।

_MG_1515 copy
निर्णयले ६ वर्षयता शिक्षाबाट बञ्चित गरीब, जेहेन्दार, असहाय तथा द्वन्द्वपीडित बालबालिकाका लागि शिक्षा अभियान चलाउँदै आएका छन् । सो क्रममा उनले सांगीतिक च्यारिटी कार्यक्रमसमेत गर्दै आएका छन् ।
निर्णयले अहिलेसम्म देशका विभिन्न स्थानमा शिक्षाका लागि सांगीतिक च्यारिटी सो गरिसकेका छन् । पछिल्लो वर्ष उनले राजधानीका विभिन्न स्कुल तथा कलेजमा सांगीतिक कार्यक्रम गरेर स्टेशनरी सामग्री बटुल्दै आएका छन् । सांगीतिक च्यारिटी गरेमार्फत उनले कापी, कलम तथा अन्य विभिन्न शैक्षिक सामग्री लिने गरेका छन् । त्यही सामग्री निर्णयले गरिब तथा असाहय विद्यार्थीसम्म पु¥याउँदै आएको निर्णय बताउँछन् । आइतबार अर्थात् श्रीपञ्चमीका दिन उनी सोही शैक्षिक सामग्री सहयोग पाएकाले तीनकुने पुगेका थिए । युहान इन्टरनेशनल इभेन्टले आयोजना गरेको ‘मिस टिनएजर्स इन्टरनेशनल–२०१५’ मा ३२ जना १६ देखि २० वर्ष उमेरका युवती स्पर्धा गरिरहेका छन् । कार्यक्रमको अन्तिम स्पर्धा २७ माघमा राजधानीमा हुँदै छ ।
हाल क्याटवाकलगायत विभिन्न आत्मविकाससम्बन्धी तालिम लिइरहेका टिनइजर्स सुन्दरीले निर्णयको अभियानप्रति खुसी व्यक्त गरेका छन् । ‘यस प्रतियोगितामा सहभागी भएपछि धरै कुरा जमन्ने अवसर पाएँ’ एक प्रतियोगीले भनिन्, ‘निर्णयको अभियानबारे पनि जान्न पाएँ । खुसी लाग्यो । आमनेपालीका छोराछारीले पढ्न पाउनुपर्छ भन्ने मेरो पनि मान्यता हो ।’    तस्बिर: नविन गुरुङ

Comments