‘फागु’सँगै फर्किइन् करिश्मा
screennepal
प्रकाशित: २०७१, १२ माघ सोमबार
no img

अभिनेत्री करिश्मा मानन्धरले फिल्म अभिनय छाडिन्, नेपाल पनि छाडिन् तर उनले अहिलेसम्म नछुटाएको एउटा केही हो भने फागु । हरेक वर्ष गोदावरीस्थित निवासमा कलाकार भेला मनाउने फिल्ममा परिणत भएको छ । १२ वर्षपछि फिल्म निर्माणमा फर्किएकी करिश्माले आइतबार नयाँ फिल्मको घोषणा गर्दै त्यसकोे नामै ‘फागु’ राखेकी छन् ।

faaguफिल्ममा विशेष भूमिका निर्वाह गर्न लागेका राजेश हमालदेखि फिल्मसँग असम्बन्धित कलाकार अशोक शर्मा, धिरेन शाक्य, निर्माता राजकुमार राईसम्मको उपस्थिति कार्यक्रममा थियो । १२ वर्षअघि फिल्म ‘बाबुसाहेब’को निर्देशनको जिम्मा रमेश बुढाथोकीलाई दिएकी करिश्माले ‘फागु’मा भने सम्झना उप्रेती रौनियारलाई निर्देशक बनाएकी छन् । सम्झनाले यसअघि ‘मेघा’ फिल्म निर्देशन गरेकी थिइन्, जुन २०७० सालमा रिलिज भएको थियो ।
फिल्म निर्माणको दौरान आपूmलाई सबै फिल्मकर्मीले सहयोग गर्ने आशा करिश्माले लिएकी छन् । ‘दर्शकले पनि साथ दिनेछन् भन्ने विश्वास हामीलाई छ,’ करिश्माले भनिन् ।
निर्देशक सम्झनाले फिल्म निर्माण भइसकेपछि मात्र फिल्मको बारेमा आपूm बोल्ने बताइन् । ‘अहिले नै धेरै कुरा गर्नु जायज हुँदैन,’ सम्झनाले थपिन्, ‘पहिलो फिल्ममा भन्दा यसमा आपूmलाई सुधार्ने प्रयास गर्नेछु ।’
सम्झनाकै लेखन रहेको ‘फागु’को सुटिङ फागुनको पहिलो हप्ता सुरु हुँदैछ । रामशरण उप्रेतीको छायांकन, कमल राईको नृत्य, वसन्त सापकोटाको संगीत, दयाराम पाण्डेको गीत, हिमाल केसीको फाइट र बनिस शाहको सम्पादन रहने फिल्ममा राजेशबाहेक शिल्पा पोखरेल, गौरी मल्ल, टीका पहारी, सुवास पराजुली, वसन्त भट्टलगायतले पनि अभिनय गर्नेछन् ।
करिश्मासँग नजिक मानिने नृत्य निर्देशक गोविन्द राई यसमा कलाकारका रुपमा देखिँदैछन् । ‘मलाई ‘कबड्डी’ फिल्ममा दर्शकले रुचाए, यसमा हास्यभूमिका छ, राम्रै हुन्छ होला,’ गोविन्दले भने ।
करिश्माका पति तथा निर्माता विनोद मानन्धरले आपूmहरु धेरै सहकर्मीहरुको घचघचाहटका कारण फिल्म निर्माणमा फर्किएको बताए ।

Comments